+
+
Shares

गोरखा-२ मा एमालेबाट चक्रे मिलनको उम्मेदवारी दर्ता

गामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा-२ बाट मिलन गुरुङ (चक्रे मिलन) ले उम्मेदवारी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १४:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिलन गुरुङ (चक्रे मिलन) ले नेकपा एमालेबाट गोरखा-२ बाट आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन्।
  • उनले निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन्।
  • उनका प्रस्तावक प्रेम गुरुङ र समर्थक बाबुराम थापा रहेका छन्।

६ माघ, गोरखा । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट मिलन गुरुङ (चक्रे मिलन) ले उम्मेदवारी दिएका छन् ।

नेकपा एमालेबाट उनले उम्मेदवारी दिएका हुन् । मंगलवार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्वर २ को निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा प्रेम गुरुङ छन् भने समर्थकमा बाबुराम थापा छन् ।

यहाँबाट प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पनि चुनाव लड्दैछन् । त्यस्तै नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी र नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ न्यौपाने उम्मेदवार छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?