+
+
Shares

गुगल स्ट्रिट भ्यू : नग्न तस्वीर खिचेपछि गुगलमाथि लाखौं जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते ९:२३

इन्टरनेट जाएन्ट गुगलको स्ट्रिट भ्यू सेवा एकपटक पुन: विवादमा आएको छ । अर्जेन्टिनामा एकजना प्रहरी अधिकारीको निर्वस्त्र तस्वीर खिचेको घटनामा अदालतले गुगललाई दोषी ठहर गर्दै भारी जरिवाना तिराएको छ ।

वास्तवमा एक प्रहरी अधिकारीको गोपनीयता भंग गर्नु गुगलका लागि महँगो सावित भयो । समाचार अनुसार गुगल स्ट्रिट भ्यू कारले सन् २०१७ मा ती प्रहरी अधिकारी आफ्नो घर पछाडि रहेको अवस्थामा उनको पूर्णरुपमा नग्न तस्वीर खिचेको थियो ।

अनौठो त के भने त्यसबेला ती पुलिस अधिकारी आफ्नो निजी निवासको परिसरमा थिए र निवासको चारैतर्फ ६ फिट ६ इन्च अग्लो पर्खाल थियो ।

गुगलले उनको त्यो नग्न तस्वीर खिचेर आफ्नो स्ट्रिट भ्यू सर्भिसमा राखेपछि उनी आफ्नो छिमेक तथा कार्यालयमा हाँसाको पात्र बने र निकै लज्जित हुनुपर्‍यो ।

सिबिएस न्यूजका अनुसार तस्वीरमा उनको नग्न सरीर प्रष्टसँग देखिएको मात्र थिएन घरको ठेगाना तथा गल्लीको नाम समेत ब्लर गरिएको थिएन । जसका कारण उनको पहिचान उजागर भयो ।

गुगलले आफ्नो बेइज्जत गरिदिएपछि ती व्यक्तिले सन् २०१९ मा गुगलविरुद्ध अदालतको ढोका ढक्ढकाए । यद्यपि तल्लो अदालतले उनको मुद्दा खारेज गर्‍यो र उनी अनुचित तथा आपत्तिजनक अवस्थामा घर बाहिर रहेको ठहर गर्‍यो ।

त्यसपछि उनी पुनरावेदन अदालतमा पुगे । माथिल्लो अदालतले तल्लो अदालतको फैसला उल्टायो र गुगललाई ती प्रहरी अधिकारीको गोपनीयता उल्लंघन गरेकोमा दोषी ठहर गर्‍यो । अदालतले ती पीडित व्यक्तिलाई १२ हजार ५०० डलर क्षतिपूर्ति दिन गुगललाई आदेश दियो ।

तथापि गुगलले भने ती व्यक्तिको घरको पर्खाल पर्याप्त मात्रामा अग्लो नभएका कारणले गर्दा सडकमा रहेको आफ्नो कारले पर्खालभित्रको दृश्य पनि खिच्न पुगेको दाबी गर्‍यो । यद्यपि अदालतले गुगलले त्यस्तो दाबी अस्वीकार गर्‍यो ।

अदाललते भनेको छ : यो तस्वीर सार्वजनिक प्रयोगको तस्वीर होइन, निजी क्षेत्रबाट लिइएको तस्वीर हो । त्यसैले यो प्रष्ट रुपमा गोपनीयताको उल्लंघन हो ।

स्मरण रहोस् गुगलको स्ट्रिट भ्यु निजी अनुसार मानिसको अनुहार तथा गाडीको नम्बर प्लेटलाई स्वत: ब्लर गरिन्छ । तर, अर्जेन्टिनाका ती प्रहरी अधिकारीको हकमा भने उनको अनुहार ब्लर गरिएको थिएन भने अन्य आवश्यक सावधानी पनि अपनाइएको थिएन । जसको सजाय गुगलले पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?