+
+
Shares

पहिलो एक घण्टामा २६ अंक घट्यो सेयर बजार, ३ अर्बको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते १२:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजार खुलेको पहिलो एक घण्टामा नेप्से परिसूचक २६ अंकले घटेर २८९५ अंकमा कायम भएको छ।
  • ३ अर्ब २१ करोडको कारोबार भएको छ र ५१ कम्पनीको मूल्य बढ्दा १९४ कम्पनीको मूल्य घटेको छ।
  • फाइनान्स समूह ०.१८ प्रतिशतले बढेको छ भने बैंकिङ, अन्य, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहका सूचक घटेका छन्।

१८ साउन, काठमाडौं । सेयर बजार खुलेको पहिलो एक घण्टामा नेप्से परिसूचक २६ अंक घटेको छ । सो गिरावटपछि नेप्से २८९५ अंकमा छ ।

३ अर्ब २१ करोडको कारोबार भएको छ । ५१ कम्पनीको मूल्य बढ्दा १९४ को घटेको छ । फाइनान्स बाहेक सबै समूहका सूचक घटेका छन् । फाइनान्स ०.१८ प्रतिशत बढेको छ ।

बैंकिङ, अन्य, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूह धेरै घटेका छन् । दुई कम्पनी ट्रेड टावर र शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ । नेपाल फाइनान्स ४.८, बुटवल पावरको ३.११ प्रतिशत मूल्य बढेको छ ।

यतिबेलासम्म धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, मन्दाकिनी हाइड्रोपावर, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?