+
+
Shares

सरकारको अनुमान : जमिन माग्ने परिवारको संख्या १५ लाख पुग्न सक्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते १२:३२
प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा वन मन्त्रालयका सचिव केदारनाथ शर्मा लगायत ।

१८ साउन, काठमाडौं । वन तथा वातावरण मन्त्रालयले सरकारसँग जमिन माग्नेको संख्या १५ लाख पुग्नसक्ने अनुमान रहेको बताएको छ । मन्त्रालयका सचिव केदारनाथ शर्माका अनुसार, जमिन मागेर निवेदन दिनेको संख्या निरन्तर बढिरहेको छ ।

भूमि समस्या समाधान आयोगले ३५ दिने सूचना निकालेर निवेदन मागेको छ । सूचनाको समय सकिएपछि यकिन तथ्यांक आउनेछ ।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा वन मन्त्रालयका सचिव शर्माले यसबारे जानकारी गराएका हुन् ।

‘निवेदन दिनेको संख्या १५ लाख परिवार पुग्ने अनुमान गरिएको छ । तर यकिन तथ्यांक ३५ दिन कटेपछि मात्रै दिन सकिन्छ,’ उनले भने ।

उनका अनुसार गत शुक्रबारसम्म जमिन मागेर निवेदन दिनेहरूमा अव्यवस्थित बसोबासी परिवारको संख्या ८ लाख ७५ हजार ४१० रहेको छ । १ लाख ६८ हजार ८ सय ५ जना सुकुमबासी र ८९ हजार १ सय ८६ परिवार भूमिहीन दलित परिवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?