+
+
Shares

कम्प्युटर इञ्जिनियरिङ गरेका युवा प्रविधि मार्फत च्याउखेतीमा

बेलायत र युरोपमा विस्तारको तयारी

आठ वर्षदेखि च्याउ उत्पादन गर्दै आएका बस्नेतले गौमूत्रसहित जैविक मलको प्रयोग गरेर अर्गानिक खेती गर्छन् । यहाँ डल्ले र पाते च्याउको उत्पादन हुने उल्लेख गर्दै उनले नयाँ अभ्यासका रूपमा ‘लाइन्समेन मसरुम’को पनि उत्पादन गर्न लागिएको जानकारी दिए ।

रासस रासस
२०८२ साउन १८ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिलन बस्नेतले बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीमा आधुनिक प्रविधिमा च्याउखेती सुरु गरेका छन्।
  • उनले जैविक मल र गौमूत्र प्रयोग गरी अर्गानिक च्याउखेती गर्दै युरोप र युकेमा निर्यातका लागि कम्पनी दर्ता गराएका छन्।
  • भारतबाट अवैध रूपमा आउने च्याउले बजारीकरणमा समस्या ल्याएको र कृषि ज्ञान केन्द्रबाट रु १६ लाख अनुदान पाएको उनले बताए।

१८ साउन, नेपालगञ्ज। भारतमा कम्प्युटर इञ्जीनीयरिङको पढाइ सकेर नेपाल फर्केका मिलन बस्नेतले बाँकेमा लोभलाग्दो च्याउखेती गरेका छन् । जिल्लाको बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीमा ‘भ्याली एग्रो फार्म’ दर्ता गरी उनले आधुनिक प्रविधिमा च्याउखेती गरेका हुन् ।

धनगढीका ३२ वर्षीय बस्नेतले कृषिजन्य वस्तु भारतबाट आउने तर गुणस्तरीय नभने, नेपालमा आउने च्याउ रसायनयुक्त हुने भएकाले अर्गानिक उत्पादनमा केन्द्रित भएको बताए।

‘भारतबाट पढाइ सकेर आएपछि मलाई विदेश जाने दबाब थियो, तर कृषिमा नयाँ केही गर्नुपर्छ भन्ने सोचले च्याउखेतीप्रति आर्कषण बढ्यो। विभिन्न अध्ययन, अनुसन्धानअनुसार च्याउखेतीमा सम्भावना देखेकाले आधुनिक प्रविधि अपनाएको हुँ’, उनले भने।

किसान बस्नेतले नेपालका सबै होटेलमा च्याउ चीनबाट आएको अध्ययनले देखाएको जनाउँदै यसमा रसायनको प्रयोग बढी हुने भएकाले मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने धारणा राखे। ‘आफ्नै देशमा केही गरौँ भनेर गाभर भ्यालीलाई छनोट गरी आधुनिक प्रविधिमा च्याउखेती सुरु गरेको छु’, उनले भने ।

आठ वर्षदेखि च्याउ उत्पादन गर्दै आएका बस्नेतले गौमूत्रसहित जैविक मलको प्रयोग गरेर अर्गानिक खेती गर्छन् । यहाँ डल्ले र पाते च्याउको उत्पादन हुने उल्लेख गर्दै उनले नयाँ अभ्यासका रूपमा ‘लाइन्समेन मसरुम’को पनि उत्पादन गर्न लागिएको जानकारी दिए ।

लाइन्समेन मसरुमको बजारीकरणका लागि युरोप र युकेका सहरमा कम्पनी दर्ता गरेर प्रक्रिया अघि बढाइएको जानकारी दिँदै उनले बेमौसमी अवस्थामा पनि प्रतिदिन करिब २०० देखि २५० किलोसम्म र मौसममा प्रतिदिन ४०० किलोसम्म च्याउको उत्पादन हुने बताए ।

‘लाइन्समेन च्याउको क्याप्सुल बनाएर बाहिर पठाउछौँ, बस्नेतले भने, ‘उत्पादित च्याउ हवाइ जहाजमार्फत काठमाडौँ जाने गरेको छ । साथै दाङ, सुर्खेत, बुटवल, धनगढीका भाटभटेनी पसलमा सजिलै पाइन्छ। च्याउका लागि तापक्रम महत्त्वपूर्ण विषय हो । यसलाई १८ देखि २० डिग्री चिसो तापक्रम चाहिन्छ।’

सबै मिलाएर ५० टनको एसी प्रयोग भएको जानकारी दिँदै उनले यस बाहेक आद्रता व्यवस्थापन गर्न उपकरणको प्रयोग भएको बताए । अहिलेसम्म रु पाँच करोड लगानी भएको च्याउखेतीमा भारतबाट अवैध रूपमा आउने च्याउ बजारीकरणको प्रमुख चुनौतीका रूपमा रहेको बस्नेतले बताए।

‘भन्सार छलरे आउने च्याउले हाम्रो बजाीकरणमा ठूलो समस्या आएको छ, यसले हामीजस्ता किसानलाई नोक्सान पुर्‍याइरहेको छ’, उनले भने।

करिब एक बिघा जमिन निजी र एक बिघा बीस वर्षसम्मका लागि भाडामा लिएर खेती गरिरहेको बस्नेतले जानकारी दिए । भौतिक पूर्वाधारका काम आफ्नो जमिनमा निर्माण भएका भन्दै फार्मका लागि छ जना स्थायी जनशक्ति राखिएको उनले बताए ।

फार्मको कम्पोष्ट मल उत्पादनमा रु एक करोड मात्र लगानी भएको उल्लेख गर्दै कम्पोट मलको कच्चापदार्थ महाकालीबाट ल्याउने गरेको जानकारी दिए । उनले नेपालमा पाइने जडीबुटीयुक्त च्याउको उत्पादन गरेर त्यसको क्याप्सुल र पाउडर बनाएर विदेश निर्यात गर्ने नयाँ सोच रहेको बताए । ‘ यसका लागि मैले काम सुरु गरिरहेको छु अब कम्तीमा छ महिना लाग्ला ‘, उनले भने ।

आफूले कमाएको रकम कम्पनीमा लगानी गरेको जानकारी दिँदै बस्नेतले आफूसँगै अन्य दुईजना युवाकोसमेत सो फार्ममा लगानी रहेको बताए । कृषि ज्ञान केन्द्र बाँकेबाट बस्नेतले अहिलेसम्म करिब रु १६ लाख अनुदान पाएका छन् ।

च्याउ खेतीमा प्रयोग हुने उपकरण नेपालमा गुणस्तरीय नभएको भन्दै सबै उपकरण भारतबाट ल्याएको उनको भनाइ छ । उत्पादन भएको च्याउ रु २०० देखि रु दुई सय ५० प्रतिकिलोमा बिक्री भइरहेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख विनोद घिमिरेले च्याउखेतीमा युवा किसानले गरेको काम अनुकरणीय भएको उल्लेख गर्दै जिल्लाका केही किसानले सानो अनुदान सहयोगमा पनि ठूलो उपलब्धि हासिल गरेका बताए ।

जिल्ला समन्वय समितिकी उपप्रमुख सीता कार्कीले लोभलाग्दो च्याउखेती भएको उल्लेख गर्दै किसानले देशभित्रै मेहनत गरे विदेश धाउन नपर्ने बताइन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?