+
+
Shares

यी हुन् फोनमा फ्लाइट मोडका ५ काम

एजेन्सी एजेन्सी
२०८२ साउन १९ गते १३:५१

मोबाइल फोनमा फ्लाइट मोड वा एयरप्लेन मोड यस्तो एउटा फिचर हो जसलाई धेरैजसो मानिसहरुले केवल हवाई यात्राको समयमा मात्रै प्रयोग गर्दछन् ।

यो फिचरले फोनका सबै वायरलेस कनेक्सनहरुलाई अस्थायी रुपमा बन्द गरिदिन्छ । फोनमा फ्लाइट मोड सक्रिय बनाएपछि त्यसको मोबाइल नेटवर्क, वाइफाई, ब्लूटुथ आदिजस्ता सेवा बन्द हुन्छन् । हवाई जहाजको नेभिगेसन प्रणालीमा फोनका कारण कुनै बाधा नआओस् भन्नका लागि यस्तो फिचर उपयोगी हुने बताइन्छ ।

तर, मोबाइल फोनको यो फिचर केवल उडानका बेला मात्र उपयोगी छैन । वास्तवमा फ्लाइट मोड फिचरले हामी फोन प्रयोगकर्ताको दैनिक जीवनलाई नै सहज बनाउन सहयोग गर्दछ । यी हुन् फ्लाइट मोड फिचरका ५ उपयोगिता जो हाम्रो दैनिक जीवनमा काम लाग्दछन् :

  • ब्याट्री बँचाउने स्मार्ट तरिका : जब फोनमा नेटवर्क कमजोर हुन्छ तब फोनले लगातार नेटवर्कको खोजी गरिरहन्छ । यसो गर्दा फोनको काम बढ्छ र ऊर्जा खपत धेरै हुन्छ । जसका कारणले गर्दा फोनको ब्याट्रीमा रहेको चार्ज तीव्र गतिमा रित्तिन थाल्दछ । यदि तपाईंले यस्तो बेलामा मोबाइल फ्लाइट मोडमा राख्नुभयो भने ब्याट्री खपत कम हुन्छ र चार्ज लामो समयसम्म टिक्दछ ।
  • छिटो चार्ज गर्नका लागि : यदि तपाईंलाई आफ्नो मोबाइल फोनलाई छोटो समयभित्रै चार्ज गर्नुपर्नेछ भने फोनको फ्लाइट मोड सक्रिय बनाएर चार्जमा लगाउनुहोस् । यसो गर्दा फोनमा नेटवर्क गतिविधि बन्द हुन्छ र तपाईंको मोबाइल फोन सामान्यभन्दा २०/२५ प्रतिशत तीव्र गतिमा चार्ज हुन्छ ।
  • बालबालिकाका लागि सुरक्षित तरिका : जब तपाईंले आफ्ना बच्चालाई फोनमा गेम वा भिडियो देखाउनुहुन्छ, त्यतिबेला फ्लाइट मोड सक्रिय गर्नु राम्रो हुन्छ । यसबाट मोबाइलमा इन्टरनेट बन्द हुन्छ, उसले कुनै वेबसाइट वा एप खोल्न सक्दैन ।
  • मोबाइल फोन तात्नबाट बचाउन : कमजोर नेटवर्क भएको ठाउँमा मोबाइल फोनले नेटवर्क संकेत खोज्दैमा ऊर्जा बढी खपत हुन्छ र फोन तात्न थाल्छ । फ्लाइट मोडले यो प्रक्रियालाई रोकिदिन्छ । जसका कारण फोनको तापक्रम कम हुन्छ र ब्याट्री लामो समयसम्म चल्दछ ।
लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?