+
+
Shares

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न २४ घण्टाकाे समय

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १४:३३

१९ साउन,  हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ ।

मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा बुझाएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भोलि मंगलबार (२० साउन) दिउँसो २ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।

कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत नदेखिएकोले प्रदेश प्रमुख कार्यालयबाट उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान भएको हो ।

११० सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना, एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन चाहिन्छ ।

नेपाली कांग्रेसका बहादुर सिंहले राजीनामा दिएपछि नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारको नेतृत्व कांग्रेसबाटै संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले गर्नेछन । १४ साउनमा भएको संसदीय दलको निर्वाचनमा बहादुरलाई हराएर बानियाँ दलको नेता चयन भएका थिए । ९ साउनमा आफ्नै सांसदले हालेको अविश्वासको प्रस्तावको मतविभाजमा पनि अल्पमतमा पर्दै बहादुरले दल नेताको हैसियत गुमाएका थिए ।

उनी निकट सांसद मिनकृष्ण महर्जनकाअनुसार बानियाँले मुख्यमन्त्रीमा दाबी पेश गर्ने जानकारी दिए । बागमतीमा एकवर्षअघि अर्थात ९ साउन २०८१ मा सरकार गठन हुँदा एमाले र कांग्रेसबीच सरकारको नेतृत्व २०–२० महिना गर्ने सहमति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?