+
+
Shares

बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस

बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १४:४९

१९ साउन,  हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् ।

केहीबेर अघिमात्रै  नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो ।

लगत्तै बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्न कांग्रेसका ३७ र एमालेका २७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा दाबी पेस गरिएको छ ।

कांग्रेस संसदीय दलका नेता बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई दाबी पेस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?