
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्रको माग गर्दै साउनको तेस्रो सोमबार मैतीदेवीदेखि पशुपतिनाथसम्म पैदल यात्रा गरेको छ।
- पैदल यात्रामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरू र व्रतालु महिलाहरू सहभागी भएका थिए।
- यात्रामा सहभागीहरूले 'हुँदैन शक्ति टुटेर, हामी नेपाली फुटेर, धर्ममा हमला भएको छ, संरक्षण गरौं जुटेर,' नारासहित पशुपतिनाथ पुगेका थिए।
१९ साउन, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दु राष्ट्रको माग गर्दै पशुपतिनाथसम्म पैदल यात्रा गरेको छ ।
साउनको तेस्रो सोमबार पारेर राप्रपाले व्रतालु महिलाहरूको सहभागीतामा मैतीदेवीदेखि पशुपतिनासम्म पैदल यात्रा गरेको हो ।
पैदल यात्रामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरू सहभागी भएका छन् ।
यात्रामा सहभागीहरूले ‘हुँदैन शक्ति टुटेर, हामी नेपाली फुटेर, धर्ममा हमला भएको छ, संरक्षण गरौं जुटेर,’ नारासहित पशुपतिनाथ पुगेका थिए ।
राप्रपाले सनातन हिन्दु राष्ट्र र राजा फर्काउन माग गर्दै काठमाडौं उपत्यकालगायत देशभर फटक-पटक र्याली र जुलुस अनि सभाको आयोजना गर्दै आइरहेको छ ।
हेर्नुहोस् तस्वीरहरू:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4