+
+
Shares

शिक्षा विधेयकबारे छलफल गर्न बोलाइयो शिक्षा समिति बैठक

समितिका अनुसार बैठक बिहीबार १० बजे बस्नेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २१ गते १७:३४
शिक्षा समिति बैठक/फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न भोलि बिहान १० बजे बैठक बोलाएको छ।
  • शिक्षक महासंघसँग सहमति जुट्न नसक्दा विधेयकमा शिक्षकको आवधिक बढुवा र अस्थायी शिक्षक व्यवस्थापनबारे विवाद जारी छ।

२१ साउन, काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । समितिका अनुसार बैठक बिहीबार (भोलि) १० बजे बस्नेछ ।

गत २२ असारमै विधेयक पास गर्ने तयारी थियो । तर शिक्षक महासंघको मागका विषयमा फरक फरक प्रस्ताव आएपछि शिक्षामन्त्री रघुजी पन्तले सहमतिका लागि समय मागेका थिए । समितिले ५ दिनको समय दिएको थियो । त्यसपछि बैठक बस्न सकेको थिएन ।

विधेयकमा शिक्षकको आवधिक बढुवा, अस्थायी प्रकृतिको शिक्षकको व्यवस्थापन, ईसीडी लगायतको विषयमा सहमति जुट्न सकेको छैन । शिक्षा मन्त्रालयले शिक्षक महासंघसँग छलफल गरेपछि समितिको बैठक बोलाइएको हो ।

शिक्षक महासंघसँग भएको सहमतिअनुसार १५ असारभित्र विधेयक पास गर्नुपर्ने हो तर हालसम्म पनि पारित हुन सकेको छैन । शिक्षा ऐनको माग राखेर महासंघले गत चैत २० देखि २९ दिन लामो शैक्षिक आन्दोलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?