
News Summary
Generated by OK AI. Editorially reviewed.- आरटीएन दिवसका अवसरमा विराटनगर सेन्ट्रल राउन्ड टेबल १५, ४१ क्लब ४ र ट्यांगेन्ट्स क्लब १ विराटनगरले जयहिन्द पीयू टेक विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्।
- कार्यक्रमको मुख्य उद्देश्य रक्त अभावमा परेका बिरामीहरूको सहायता गर्नु र नियमित रक्तदानको महत्त्वबारे जनचेतना फैलाउनु रहेको आयोजकले उल्लेख गरेका छन्।
- रक्तदान कार्यक्रममा क्लब सदस्य, स्वयंसेवक तथा स्थानीयवासिन्दाको सहभागितामा कुल ४२ पिन्ट रगत संकलन गरिएको जनाइएको छ।
२१ साउन, काठमाडौं । आरटीएन (राउन्ड टेबल नेपाल) दिवसका अवसरमा विराटनगर सेन्ट्रल राउन्ड टेबल १५, ४१ क्लब ४ विराटनगर र ट्यांगेन्ट्स क्लब १ विराटनगरको संयुक्त आयोजनामा जयहिन्द पीयू टेक विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
समाजसेवा र मानवताप्रतिको प्रतिबद्धता अनुरूप यो कार्यक्रम आयोजना गरिएको जनाइएको छ । कार्यक्रमको मुख्य उद्देश्य रक्त अभावमा परेका बिरामीहरूको सहायता गर्नु र नियमित रक्तदानको महत्त्वबारे जनचेतना फैलाउनु थियो ।
रक्तदान कार्यक्रममा क्लब सदस्य, स्वयंसेवक तथा स्थानीयवासिन्दाको उल्लेखनीय सहभागिता रह्यो । सफल आयोजना क्रममा कुल ४२ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ ।
यस किसिमका सामाजिक सेवामूलक गतिविधिले समाजमा सकारात्मक सन्देश दिनुका साथै सहयोग र एकताको भावना पनि बलियो बनाउने विश्वास आयोजक संस्थाले व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4