+
+

१९५० को सन्धी नेपाल-भारत समस्याको प्रमुख जड : बाबुराम

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ११ गते १३:२७

११ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाओवादी नेता डा. बाबुराम भट्टराईले सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्रीसन्धी पुनरावलोकन गर्ने सहमति सकारात्मक भएको बताएका छन् ।

१९५० को सन्धी र त्यससँग आदानप्रदान भएको चिठी नै नेपाल भारत सम्वन्धको समस्याको प्रमुख जड भएको उनले बताए ।  भट्टराईले फेसबुक पेजमा सन्धी पुनरावलोकन गर्ने र आफू प्रधानमन्त्री हुँदा प्रस्ताव गरिएको इमिनेन्ट पर्सन ग्रुप बनाउने संयुक्त आयोगको निर्णय सकारात्मक भएको लेखेका छन् ।

काठमाडौंमा शनिबार अबेर सम्पन्न नेपाल भारत संयुक्त आयोगको बैठकमा १९५० को सन्धी पुनरावलोकन गर्नेसहितका २६ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?