
News Summary
Generated by OK AI. Editorially reviewed.- रजनीकान्तको फिल्म 'कुली'ले उत्तर अमेरिकी बक्सअफिसमा अग्रिम टिकट बिक्रीमा १.३० मिलियन डलर कमाएर 'वार २' लाई पछि पारेको छ।
- विश्लेषकहरूले प्रारम्भिक ट्रेन्डले 'कुली'लाई तमिल सिनेमाको इतिहासमै सबैभन्दा ठूलो ओपनिङ दिने सम्भावना देखाएको बताएका छन्।
- 'कुली' भारतमा अगस्ट १४ मा विभिन्न भाषामा रिलिज हुने र नेपालमा ब्यांकेस इन्टरटेनमेन्टले रिलिज गर्ने योजना बनाएको छ।
मुम्बई । साउथ सुपरस्टार रजनीकान्तको फिल्म ‘कुली’ले रिलिजअघि नै उत्तर अमेरिकी बक्सअफिसमा तहल्का मच्चाएको छ । निर्देशक लोकेश कनगराज निर्देशित फिल्मले अग्रिम टिकट बिक्रीमा ऋतिक रोशन र एनटीआर स्टारर ‘वार २’लाई पछि पारेको छ ।
अग्रिम टिकट बिक्रीको तथ्यांकअनुसार अहिलेसम्म ‘कुली’ले १.३० मिलियन डलरको टिकट बेचेको छ भने ‘वार २’ले २२० हजार डलरको टिकट मात्र बेचेको छ ।
आइम्याक्समा रिलिज नहुने भएपनि ‘कुली’ले ‘वार २’ भन्दा ५ गुणा धेरै अग्रिम टिकट बिक्री गर्दै विदेशी बजारमा अग्रता लिएको छ । यो आँकडाले रजनीकान्तको अन्तर्राष्ट्रिय क्रेज र लोकेश कगनराजको लोेकेश सिनेम्याटिक युनिभर्स (एलसीयू)को प्रभाव झल्काउँछ ।
विश्लेषकहरूका अनुसार, प्रारम्भिक ट्रेन्डले कुलीलाई तमिल सिनेमाको इतिहासमै सबैभन्दा ठूलो ओपनिङ दिने सम्भावना देखाएको छ, खासगरी उत्तर अमेरिका जस्तो प्रवासी दर्शकसमूह बाक्लो रहेको बजारमा ।
उत्तर अमेरिकामा प्रि-सेल्स १ मिलियन डलर नाघेको भएपनि भारतमा भने अग्रिम टिकट बिक्री बुधबार बेलुका मात्र खुलेको छ । व्यापारिक स्रोतहरूले चर्चा र प्रि–रिलीज ट्रयाकिङको आधारमा भारतमा १०० करोडभन्दा बढीको ओपनिङ सप्ताहन्तको अनुमान गरिरहेका छन् ।
विशेषगरि, रजनीकान्तको ठूलो फ्यान फलोइङ रहेका दक्षिण भारतीय बजारमा यसको कमाइमा उछाल आउने अनुमान छ । यो तमिलको साथसाथै तेलुगु, हिन्दी, कन्नड र मलयालम भाषाहरूमा अगस्ट १४ मा भारतीय स्वतन्त्रता दिवस सप्ताहन्तमा रिलिज हुन लागेको छ ।
नेपालमा यो फिल्मलाई ब्यांकेस इन्टरटेनमेन्टले रिलिज गर्न लागेको छ ।
प्रतिक्रिया 4