+
+
Shares

६ दिनमा ५ हजार ३ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते ११:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउन २२ गतेसम्म ६ दिनमा सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँ बढेको छ।
  • गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँ थियो र आज बिहीबार १ लाख ९८ हजार ४ सय रुपैयाँ पुगेको छ।
  • चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर २३०५ रुपैयाँबाट २३१५ रुपैयाँ पुगेको छ।

२२ साउन, काठमाडौं । ६ दिनमा सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँ बढेको छ ।

गत शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ आज बिहीबार १ लाख ९८ हजार ४ सय रुपैयाँ पुगेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा स्थिर हो । हिजो पनि यही मूल्यमा कारोबार भएको थियो । गत मंगलबार सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको रेकर्ड बनेको छ ।

चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३०५ रुपैयाँ रहेको चाँदी आज २३१५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?