
२२ साउन, काठमाडौं । नेपाल प्रहरीका दुई वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा भएको छ ।
गृहमन्त्रीस्तरीय निर्णयबाट बुधबार राति दुई एसएसपीको सरुवा गरिएको सूचना प्रहरी प्रधान कार्यालयले निकालेको छ ।
सार्वजनिक सूचनाअनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरामा कार्यरत कृष्णबहादुर पल्ली मगरलाई प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा पठाइएको छ ।
अर्का एसएसपी संजय सिंह थापालाई बागमती प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा हेटौडाबाट प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा सरुवा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4