+
+
Shares

ह्वात्तै नाफा बढाएको कुमारी बैंकले लाभांश दिन नसक्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुमारी बैंकले गत आर्थिक वर्षमा ४५९ गुणा वृद्धि गरी २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
  • बैंकको वितरणयोग्य नाफा ऋणात्मक २ अर्ब ७९ करोड रुपैयाँ भएकाले सेयरधनीलाई लाभांश वितरण गर्न नसक्ने भएको छ।
  • निष्क्रिय कर्जा बढेर कुल कर्जाको ६.४२ प्रतिशत पुगेको र खुद ब्याज आम्दानी ६.९५ प्रतिशतले वृद्धि भएको छ।

२२ साउन, काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ४५९ गुणा बढेको छ । गत आर्थिक वर्ष बैंकले २ अर्ब ११ करोड खुद नाफा कमाएको छ । अघिल्लो वर्ष २०८०/८१  को सोही अवधिमा यस्तो नाफा ४६ लाख रुपैयाँ थियो ।

नाफा उच्च दरले बढे पनि बैंकले सेयरधनीलाई भने लाभांश वितरण गर्न नसक्ने भएको छ । बैंकको वितरणयोग्य नाफा अझै २ अर्ब ७९ करोड रुपैयाँ ऋणात्मक छ ।

नोक्सानी व्यवस्थापनवापत छुट्याउनुपर्ने रकम घटेसँगै नाफामा प्रभाव देखिएको हो । अघिल्लो वर्ष ६ अर्ब ८४ करोड रुपैयाँ नोक्सानी व्यवस्थापन रकम छुट्याएकोमा अहिले यो रकम २ अर्ब ७९ करोड रुपैयाँ छ ।

बैंकको खुद ब्याज आम्दानी भने जम्मा ६.९५ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी अघिल्लो वर्ष १० अर्ब ८ करोड रहेकोमा गत वर्ष ११ अर्ब ५५ करोड रुपैयाँ छ ।

बैंकको निष्क्रिय कर्जा भने बढेको छ । अघिल्लो वर्ष कुल कर्जामा निष्क्रिय कर्जाको अंश ५.९६ प्रतिशत रहेकोमा अहिले ६.४२ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको नाफाका आधारमा बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७ पैसा छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ छ, हाल बजारमा सेयर मूल्य प्रतिकित्ता २१६ रुपैयाँ हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?