
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्य हेरफेर गरेको छ।
- मनरोमा शेरचन र संगिता मण्डल धानुकको ठाउँमा सीता मिजार र नगिना यादवलाई ल्याइएको छ।
- शिक्षा विधेयक पारित गर्ने अन्तिम चरणमा पुगेपछि कांग्रेसले समिति सदस्य हेरफेर गरेको हो।
२२ साउन, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्य हेरफेर गरेको छ ।
सदस्य मनरोमा शेरचन र संगिता मण्डल धानुकको ठाउँमा सीता मिजार र नगिना यादवलाई ल्याइएको छ । शेरचन उद्योग र धानुकलाई कानुन समितिमा लगिएको छ । यसअघि मिजार उद्योग समिति र यादव कानुन समितिमा थिइन् ।
शिक्षा विधेयक पारित गर्ने अन्तिम चरणमा पुगेपछि कांग्रेसले समिति सदस्य हेरफेर गरेको हो ।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७७ बमोजिम प्रतिनिधिसभाको विषयगत समितिहरूमा सदस्यहरूको नाम थप तथा हेरफेर गरिएको संसद् सचिवालयले जनाएको छ ।
यसअघि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे पनि शिक्षा समितिमा आएका थिए । विद्यालय शिक्षा विधेयक पास गर्नेगरी आज शिक्षा समितिको बैठक बस्दै छ ।
प्रतिक्रिया 4