+
+
Shares

आन्तरिक विमानस्थलहरूमा घटेन चरा र जंगली जनावर जोखिम

निजी वायुसेवा कम्पनी बुद्ध एयरका अनुसार पछिल्ला दिनमा चराजन्य गतिविधि र जंगली जनावरको गतिविधि विमानस्थल आसपास बढ्दा हरेक दिनजसो जहाज ग्राउन्डेड हुने क्रम बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते १६:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुद्ध एयरका अनुसार पछिल्ला दिनमा चरा र जंगली जनावरका गतिविधि विमानस्थल आसपास बढ्दा जहाज ग्राउन्डेड हुने क्रम बढेको छ।
  • जनकपुर विमानस्थलमा १३ जुनदेखि ६ अगस्टसम्म विभिन्न समयमा बर्ड स्ट्राइक र स्याल ठोक्किएको घटनाहरू भएका छन्।
  • बुद्ध एयरले बर्ड तथा एनिमल एक्टिभिटिज रोकथामका लागि सरोकारवाला निकायसँग सहकार्य गर्न तयार रहेको जनाएको छ।

२२ साउन, काठमाडौं । चरा र जंगली जनावरका गतिविधि बढ्दा आन्तरिक विमानस्थलहरूमा जोखिम बढ्र्दै गएको छ ।

निजी वायुसेवा कम्पनी बुद्ध एयरका अनुसार पछिल्ला दिनमा चराजन्य गतिविधि र जंगली जनावरको गतिविधि विमानस्थल आसपास बढ्दा हरेक दिनजसो जहाज ग्राउन्डेड हुने क्रम बढेको छ ।

जनकपुर विमानस्थलमा पछिल्ला दुई दिनयता रात्रि उडानमा चरा ठोक्किएको कम्पनीले जनाएको छ । जनकपुर विमानस्थलमा १३ जुनका दिन दिउँसो अवतरण क्रममा ‘बर्ड स्ट्राइक’ (चरा ठोक्किनु) भएको थियो ।

२६ जुन बिहान अवतरण क्रममा सोही विमानस्थलमा बर्ड स्ट्राइक भएको देखिएको छ । ५ जुलाईका दिन धावनमार्गमा जहाजसँग स्याल ठोक्किएको थियो ।

त्यस्तै १८ जुलाई बिहान अवतरण क्रममा बर्ड स्ट्राइक भएको कम्पनीले जनाएको छ ।२३ जुलाईमा धावनमार्गमा स्याल देखिँदा जहाज काठमाडौं फिर्ता भएको थियो ।

३० जुलाईमा अवतरण क्रममा बायाँ इन्जिनको प्रोपेलरमा चरा ठोक्किँदा प्रोपेलर (पंखा) क्षतिग्रस्त बनेको कम्पनीको भनाइ छ । ५ अगस्टमा रात्रिकालीन अतवरण क्रममा चरा ठोक्किएको थियो ।

६ अगस्टका दिन रात्रिकालीन अतवरण क्रममा बायाँ इन्जिनको प्रोपेलरमा चरा ठोक्किँदा प्रोपेलर क्षतिग्रस्त बनेको बुद्ध एयरले जनाएको छ ।

यसैगरी आज बिहान काठमाडौं–भद्रपुर उडानमा चराकै कारण जहाज ओभरसुट गर्नुपरेको कम्पनीले जनाएको छ । विमानस्थलभित्र रहेका ठुल्ठूला झाडी एवं घाँस समयमा नउखेल्दा, नसम्याउँदा यस्ता समस्या बढ्ने गरेको छ ।

६ अगस्टका दिन रात्रिकालीन अतवरण क्रममा बायाँ इन्जिनको प्रोपेलरमा चरा ठोक्किँदा प्रोपेलर क्षतिग्रस्त बनेको बुद्ध एयरले जनाएको छ ।

वर्षाको बेला धावनमार्ग वरिपरि किरा निस्कने र चरा त्यसमा झुम्मिने गर्छन् । यी समस्या समयमै ध्यान नदिँदा उडान जोखिममय बन्दै गएको कम्पनीको भनाइ छ ।

बुद्धका अनुसार चरा ठोक्किएपछि जहाजलाई मिहिन ढंगले परीक्षण गर्नुपर्छ । मर्मतसम्भार गर्दा थप समय खर्चिनु पर्छ । यसले उडान विलम्ब तथा रद्द गर्नुपर्ने पनि हुन्छ । समयमै उडान भर्न नपाउँदा विमान कम्पनी तथा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

नियमित मर्मतसम्भार अत्यन्तै महँगो हुँदै गइरहेको अवस्थामा यस्ता समस्याले झन् विमान कम्पनीहरूको आर्थिक व्ययभार बढाएको बुद्धको भनाइ छ ।

बुद्ध एयरले ‘बर्ड तथा एनिमल एक्टिभिटिज’ रोकथामका लागि सरोकारवाला निकायसँग सहकार्य गर्न तयार रहेको समेत बताएको छ । साथै, विमानस्थल बाहिर सडेगलेका खाद्यपदार्थ, सिनो नफाल्न जनजागरण कार्यक्रम गर्न पनि आवश्यक रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?