Comments Add Comment

मोदी नेपाल आउँदा बैद्य माओवादीको ३३ दलीय मोर्चाले विरोध गर्ने

११ साउन, काठमाडौं । नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले भारतीय प्रधानमन्त्री नेपाल आउने दिन विरोध सभा गर्ने भएको छ ।

बैद्य माओवादीको पार्टी कार्यालय बुद्धनगरमा आइतबार बसेको बैठकले पञ्चेश्वर परियोजनालाई अघि बढाउने, माथिल्लो कर्णाली र अरुण तेस्रो परियोजनाको सहजिकरण र प्रोत्साहन गर्नेसहितको सहमतिको विरोध गरेको छ ।

माओवादी नेता सुरेश आलेमगरका अनुसार १७ गतेसम्म भित्तेलेखन ज्ञापनपत्र बुझाउनेठीसहितका कार्यक्रम हुनेछ भने मोदी नेपाल आउने दिन साउन १८ गते २ बजे शान्तिबाटिका विरोध प्रदर्शन र सभा गरिनेछ ।

३३ दलको बैठकमा उर्जा व्यापार सम्झौता भए १९ गते उपत्यका आहृवान गर्नेसम्मको आन्दोलनका कार्यक्रमबारे समेत छलफल भएको एक नेताले बताएका छन् ।

३३ दलीय मोर्चाले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा पनि प्रस्तावित उर्जा व्यापार सम्झौताको विरोधमा सभा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment