
News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेता दीपराज राणाले नेपाली फिल्म 'सुख दुःख'मा अभिनय गर्ने लिखित सम्झौता गरेका छन्।
- राणाले ११ वर्षपछि नेपाली फिल्ममा पुनरागमन गर्दै 'सुख दुःख'मा अभिनय गर्न इच्छुक भएको बताएका छन्।
- फागुनदेखि छायांकन तयारीमा रहेको फिल्म २०८३ सालको दशैंको फूलपातीबाट प्रदर्शनमा आउने तयारीमा छ।
काठमाडौं । बलिउड अभिनेता दीपराज राणाले नेपाली फिल्म ‘सुख दुःख’मा अभिनय गर्ने भएका छन् । निर्मात्री नीता ढुङ्गानासँग उनले लिखित सम्झौता गरेका छन् ।
सिंघम रिटन्र्स, प्रेम रतन धन पायो, दबङ ३ सहित हालै रिलिज भएको ‘मेट्रो इन दिनो’मा उनको अभिनय छ । बिल्ली उस्ताद, सितारे जमीन परजस्ता फिल्ममा पनि अभिनय गरेका छन् ।
उनले यसअघि श्रीकृष्ण श्रेष्ठ स्टारर फिल्म ‘कोहिनुर’मा पनि अभिनय गरेका थिए । ‘कोहिनुर’ रिलिजको ११ वर्षपछि राणाले नेपाली फिल्ममा पुनरागमन गर्न लागेका हुन् ।
कथा मन परेको कारण आफू ‘सुख दुःख’मा अभिनय गर्न इच्छुक भएको उनको भनाइ छ । प्रेषित विवरणमा जनाइएअनुसार, कथा सुनेपछि राणा भावुक बनेका थिए । उनको भूमिकाबारे खुलाइएको छैन ।
फागुनदेखि छायांकन तयारीमा रहेको फिल्ममा यसअघि विपना थापा, मिथिला शर्मा, मदनकृष्ण श्रेष्ठ अनुबन्धित छन् ।
नीता फिल्म्सको ब्यानरमा बन्ने यो फिल्म २०८३ सालको दशैंको फूलपातीबाट प्रदर्शनमा आउने तयारीमा छ ।
प्रतिक्रिया 4