News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ३९६ किलो गाँजा बरामद गरिएको छ।
- नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले नहर छेउको धान खेत र बाँसघारीमा १७ पोकामा राखिएको गाँजा फेला पारेको छ।
- जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जितेन्द्रकुमार बस्नेतले बरामद गरिएको गाँजाको जानकारी दिएका छन्।
२३ साउन, राजविराज । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार नहर छेउमा रहेको धान खेत तथा बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको ३९६ किलो गाँजा बरामद गरिएको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले १७ पोकामा राखिएको सो गाँजा बरामद गरेको हो ।
प्रतिक्रिया 4