+
+
Shares

रचना दाहालको नयाँ म्युजिक भिडियो ‘हे भगवान’ शनिबार आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका रचना दाहालले शनिबार एक्सओ क्लबमा नयाँ म्युजिक भिडियो 'हे भगवान' सार्वजनिक गर्ने भएकी छन्।
  • 'जन्मदाग' एल्बमको 'तिमी भए' म्युजिक भिडियो सार्वजनिक गरेको ३ महिनापछि उनले नयाँ गीत ल्याउन लागेकी हुन्।
  • भिडियो प्रिमियरपछि 'जन्मदाग' एल्बमको पूर्ण लाइभ प्रस्तुति हुनेछ जसमा दाहालको ब्याण्डका सदस्यहरू सहभागी हुनेछन्।

काठमाडौं । चर्चित गायिका तथा गीतकार रचना दाहालले नयाँ म्युजिक भिडियो ल्याउने भएकी छन् । शनिबार एक्सओ क्लबमा हुने सांगीतिक प्रस्तुतिको क्रममा उनले नयाँ म्युजिक भिडियो ‘हे भगवान’ सार्वजनिक गर्ने भएकी हुन् ।

‘जन्मदाग’ एल्बमको ‘तिमी भए’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको ३ महिनापछि उनले नयाँ गीत ल्याउन लागेकी हुन् ।

भिडियो प्रिमियरपछि ‘जन्मदाग’ एल्बमको पूर्ण लाइभ प्रस्तुति हुनेछ । प्रस्तुतिमा दाहालको ब्याण्डका सदस्यहरू रोशन शर्मा (गिटारिस्ट), रोशन पुत्वर (बाँसुरी), किरण शाही (ड्रमर) र सनिष महर्जन (बास गिटार) सहभागी हुनेछन् ।

प्राविधिक टिममा साउन्ड इन्जिनियर युकेश परियार र इमानविक्रम शाह, लाइटिङ इन्जिनियर सक्षम चित्रकार र स्क्रिन टेक्निसियन किरण थापा छन् ।

‘हे भगवान’ र ‘तिमी भए’सँगै, एल्बममा ‘असम्भव’, ‘अलगाव’, ‘दागबत्ती’ र ‘आज्ञा’जस्ता गीतहरू पनि समावेश छन् ।

दाहाल आफ्नो उत्कृष्ट गीत-लेखन क्षमताका लागि प्रशंसित छिन् । उनका गीतले नेपाली समाजमा चर्चा नपाएका विषयहरू, जस्तै विषाक्त सम्बन्ध, मानसिक स्वास्थ्य र भावनात्मक असरलाई समेट्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?