+
+
Shares

कैलाली कारागारमा थप अप्रिय घटना हुन नदिने व्यवस्था मिलाएका छौं : गृह मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २४ गते १९:४९
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्ले

२४ साउन, काठमाडौं । कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।

शनिबार सिंहदरबारमा सुरक्षा प्रमुखहरूसँग गृहमन्त्री लेखकले छलफल गरेका हुन् ।

कैदीबन्दीबीच झडपपछि उत्पन्न परिस्थितिका विषयमा मन्त्री लेखकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई बोलाइ छलफल गरेका हुन् ।

छलफलमा उक्त घटनालाई सरकारले गम्भीरताका साथ लिएको र परिस्थिति सहज बनाउन सुक्षम रुपले हेरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले बताए ।

‘कैलालीको कारागारमा भएको घटनाका सन्दर्भमा गृहमन्त्रीज्युको नेतृत्वमा तीन वटै सुरक्षा निकायका प्रमुख, गृह सचिवज्यु सबै बसेर छलफल गरेका छौँ । यस घटनालाई गृह मन्त्रालय र समग्र सुरक्षा निकायले परिस्थिति सहज बनाउन गम्भीरतापूर्वक सुक्ष्म रुपले हेरेको अवस्था छ,’ काफ्ले भने ।

उनका अनुसार गम्भीर घाइते भएका एक बिरामीलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाइएको र हेलिकप्टर उडिसकेको छ ।

अन्य घाइतको उपचारको उचित व्यवस्था मिलाइएको र कारागारको पूर्ण सुरक्षा गर्ने र थप अप्रिय घटना हुन नदिने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

‘गम्भीर घाइते भएका एक बिरामीलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाएका छौँ । हेलिकप्टर उडिसकेको छ । अन्य घाइतको उपचारको उचित व्यवस्था मिलाइएको छ । कारागारको पूर्ण सुरक्षा गर्ने र थप अप्रिय घटना हुन नदिने व्यवस्था मिलाइएको छ,’ काफ्ले भने ।

कारागारमा कैदीबन्दीबीच झडप भएको थियो । कारागारभित्र ब्लक ‘ए’ मा बस्ने र ब्लक ‘बी’ मा बस्ने कैदीबन्दीबीच झडप भएको हो ।

झडपमा परेर एक जनाको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?