
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार सोमबार स्थानीय बजारमा गोलभेँडाको भाउ बढेको छ।
- नेपाली ठूलो गोलभेँडाको भाउ आइतबार प्रतिकिलो ५५ रुपैयाँबाट सोमबार ६५ रुपैयाँ पुगेको छ।
- लोकल गोलभेँडाको भाउ पनि प्रतिकिलो २५ रुपैयाँबाट ३० रुपैयाँ पुगेको छ भने टनेलको सानो गोलभेँडा ४४ रुपैयाँमा किनबेच भइरहेको छ।
२६ साउन, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार गोलभेँडाको भाउ बढेको देखाएको हो ।
कालीमाटी बजारमा आज नेपाली ठूलो गोलभेँडाको भाउ प्रतिकिलो १० रुपैयाँ बढेको छ ।
आइतबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको नेपाली ठूलो गोलभेँडा आज ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै लोकल गालभेँडाको भाउ पनि प्रतिकिलो ५ रुपैयाँले बढेको छ ।
आज लोकल गोलभेँडा प्रतिकिलो ३० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार भने लोकल गोलभेँडा प्रतिकिलो २५ रुपैयाँमा किनबेच भएको थियो ।
टनेलको सानो गोलभेँडा भने आज प्रतिकिलो ४४ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4