+
+
Shares

बहादुरसिंह लामा पक्षका सांसदको बैठक काठमाडौंमा जारी

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले विश्वासको मत लिनका लागि आज ४ बजे संसद बैठक आह्वान गरिएको छ । तर, लामा पक्षका सांसदहरु भने हेटौडा पुगेका छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १४:२६

२७ साउन, काठमाडौं। नेपाली कांग्रेसका बागमतीका प्रदेश सभा सदस्य बहादुुरसिंह लामा पक्षधरका सांसदहरुको बैठक काठमाडौंमा बसिरहेको छ ।

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले विश्वासको मत लिनका लागि आज ४ बजे संसद बैठक आह्वान गरिएको छ । तर, लामा पक्षका सांसदहरु भने हेटौडा पुगेका छैनन् । लामा समूहको आन्तरिक बैठक जारी रहेकाले काठमाडौंमा बैठक जारी रहेको प्रदेश सभामा एक सदस्यले जानकारी दिए ।

‘हामी बैठकमै छौं । विश्वासको मत दिनु अघि समूहको बैठक राखेका हौं,’ लामा पक्षका एक सांसदले भने,‘पार्टी नेताहरुसँग पनि कुराकानी भइरहेको छ । हाम्रा माग सम्बोधनका लागि नेताहरुसँग छलफल भइरहेको छ ।’ लामा पक्षका प्रदेश सभामा १४ सांसद छन् ।

लामालाई कांग्रेसकै सांसदहरु लागेर संसदीय दलको नेता र मुख्यमन्त्रीबाट हटाएका थिए । लामाले संसदीय दलको नेताको हैसियत गुमाइसकेपछि आफू पक्षका तीन सांसदलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । लामाले नियुक्त गरेर सपथ हुन नपाएका तीन सांसदलाई नवगठित मन्त्रिपरिषद्मा सहभागी गराउनुपर्ने उक्त समूहको मागे छ ।

धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरूङलाई सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त गरेका थिए । साथै, सरकार सञ्चालनमा आपसी सरसल्लाह अनुसार अघि बढ्नुपर्ने सुनिश्चिता समेत मुख्यमन्त्री बानियाँसँग लामा पक्षले खोजेको छ ।

कांग्रेस र एमाले दुबै दलले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत प्रदान गर्नका लागि ह्वीप जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?