+
+
Shares

फिल्मको लगानी सुरक्षित गर्नुपर्ने भार बोकेको छु : विजय बराल

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विजय बरालले 'पूर्णबहादुरको सारंगी'पछि कमब्याक फिल्म 'जनै हराएको मान्छे'मा लिड क्यारेक्टर भएर दबाब महसुस गरिरहेका छन्।
  • उनीले फिल्मले लगानी सुरक्षित गर्ने चुनौती र नयाँ पात्र सीतारामले पुरानो पात्रलाई चिर्ने चुनौती भोगिरहेको बताए।
  • 'जनै हराएको मान्छे' भदौ ६ गतेदेखि प्रदर्शनमा आउँदैछ र विजयले प्रचारप्रसारमा सक्रिय छन्।

काठमाडौं । ‘जनै हराएको मान्छे’ फिल्मबारेका जति पनि समाचार आइरहेका छन्, त्यहाँ नछुटेको कुरा हो- ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको कमब्याक फिल्म ।

यो कुराले आफूलाई निकै दबाब परिरहेको महसुस यतिबेला विजयले गरिरहेका छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘सर्वकालिन ब्लकबस्टर पूर्णबहादुरको सारंगी भन्ने शब्द सुन्ने वित्तिकै निकै प्रेसर महसुस भैरहेको छ ।’

समाचारमा पनि ‘पूर्णबहादुरको सारंगी’पछि आउन लागेको भन्दै लेख्न थालिएपछि भने भार महसुस भएको उनले बताए । ‘अलिकति भार भन्ने हुने रहेछ । लिड क्यारेक्टर भएकाले यो सोच आउने रहेछ’ उनले भने ।

विजयले यतिबेला मुख्यतः दुईवटा चुनौति फेस गरिरहेका छन् । पहिलो- पूर्णबहादुरको सारंगीको पात्रलाई नयाँ पात्र सीतारामले चिर्ने र दोस्रो- फिल्मले लगानी सुरक्षित गरिदिएला कि नगर्ला भन्ने ।

‘यो फिल्मले लगानी कसरी सुरक्षित गर्ला भन्ने चुनौति मैले फिल गरिरहेको छु’ उनले भने । उनी ‘जनै हराएको मान्छे’को शिल्प र मनोविज्ञान भिन्न रहेको बताउँदै शीर्ष कलाकारको रुपमा आफूले भार खेप्नु स्वभाविक हुने बताए ।

‘नयाँ, फरक र गजब काम यसमा भएको छ’ आगामी फिल्मबारे उनले भने, ‘अब दर्शक कति आइदिनुहुन्छ भन्ने अनुमानको कुरा हो । दर्शकले फिल्म हेरेपछि कनेक्ट महसुस गर्नुहुन्छ जस्तो लाग्छ ।’

‘सबैले पूर्णबहादुरको सारंगीपछिको विजय बरालको फिल्म भन्नुभएको छ’ उनले भने, ‘लगानी सुरक्षित गरिदिनुपर्छ भन्ने भार महसुस गरेको छु । त्यही भएर अहिले प्रचारप्रसारमा जुटेको छु ।’

उनले ‘जनै हराएको मान्छे’ धर्म संस्कृतिभन्दा पनि सम्बन्धको कथा रहेको बताए । विजय अहिले तिहारको भाइटीकामा रिलिज हुने फिल्म ‘वरिष्ठ बलराम’को स्वरांकनमा ब्यस्त छन् ।

भदौ ९ गतेदेखि उनको नयाँ फिल्म ‘मालती मंगले’ छायांकनमा जाँदैछ । असोज ३ मा उनको फिल्म ‘जारी २’ रिलिज तयारीमा छ । दशैं टीकाको भोलिपल्ट ‘कबड्डी ५’ छायांकनलाई मुस्ताङ लाग्नेछ ।

‘जनै हराएको मान्छे’ भदौ ६ गतेदेखि प्रदर्शन तयारीमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?