+
+
Shares

ललितपुरका २ कम्पनीलाई वाणिज्य विभागको कारबाही, कति तिरायो जरिबाना ?

जरिबाना तिराइएका उद्योग तथा फर्मले उत्पादनमा एमआरपी नलगाई कारोबार गरेपछि उक्त जरिबाना तिराइएको विभागको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १२:३३
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य विभागले ललितपुरका २ उद्योगलाई एमआरपी नलगाई कारोबार गरेको कारण २ लाख ५१ हजार रुपैयाँ जरिबाना तिराएको छ।
  • डीएमएस इन्टरप्राइजेज प्रालिलाई २ लाख १ हजार र स्तुपा फर्निसिङ प्रालिलाई ५१ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले बताएको छ।
  • विभागले ६ कम्पनीलाई आवश्यक कागजात लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने ४ कम्पनीलाई सामान्य निर्देशन दिएको छ।

२९ साउन, काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका २ उद्योग तथा फर्मलाई २ लाख ५१ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागले बुधबार गरेको अनुगमनमा ललितपुर महानगरपालिका– १९ मा रहेको डीएमएस इन्टरप्राइजेज प्रालिलाई २ लाख १ हजार जरिबाना तिराएको छ । यस्तै ललितपुर महानगरपालिका–२० मा रहेको स्तुपा फर्निसिङ प्रालिलाई ५१ हजार रुपैयाँ जरिबाना तिराएको हो ।

जरिबाना तिराइएका उद्योग तथा फर्मले उत्पादनमा एमआरपी नलगाई कारोबार गरेपछि उक्त जरिबाना तिराइएको विभागको भनाइ छ ।

यस्तै विभागले ६ वटा कम्पनीलाई आवश्यक कागजात लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने ४ वटा कम्पनीलाई भने सामान्य निर्देशन दिएको छ ।

विभागले बुधबार १२ वटा उद्योग तथा अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?