+
+
Shares

टप १० ब्रोकर मार्फत खरिदभन्दा बिक्री धेरै

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहीबार साताको अन्तिम कारोबार दिन टप १० ब्रोकर कम्पनीमार्फत खरिदभन्दा बिक्री बढी देखिएको छ।
  • बिहीबार कुल ७ अर्ब ४६ करोड रुपैयाँको बजार कारोबार भएको छ र टप १० ब्रोकर कम्पनीको हिस्सा ३७ प्रतिशत छ।
  • टप १० ब्रोकरमार्फत २ अर्ब ६१ करोड रुपैयाँको धितोपत्र खरिद र २ अर्ब ९३ करोड रुपैयाँको बिक्री भएको छ।

२९ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार टप १० ब्रोकर कम्पनीमार्फत खरिदभन्दा बिक्री बढी देखिएको छ । बिहीबार बजारमा कुल ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३७ प्रतिशत हो ।

आज टप १० ब्रोकरमार्फत कुल २ अर्ब ६१ करोड रुपैयाँको धितोपत्र खरिद हुँदा २ अर्ब ९३ करोड रुपैयाँको बिक्री भएको छ ।

नासा, इम्पेरियल, भिजन र श्रीकृष्णमार्फत बिक्री धेरै भएको छ भने सनी, त्रिशक्ति, अनलाइन, आर्यतारा, क्यापिटल म्याक्स र डायनामिकमार्फत खरिद धेरै भएको छ ।

टप १० ब्रोकरमार्फत धेरै रकमको कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, साहस ऊर्जा, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, बलेफी हाइड्रोपावर, बुटवल पावर, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक लगायत कम्पनी छन् । (ब्रोकरको विस्तृत कारोबार हेर्न यहाँ क्लिक गर्नुहोस्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?