
News Summary
Generated by OK AI. Editorially reviewed.- नेक्स्ट मोडल्सले आयोजना गरेको डिजिटल अडिसनबाट मिस्टर नेपाल २०२५ का लागि ३० युवा छनोट भएका छन्।
- छानिएका प्रतियोगीहरूलाई पौडी, फुटबल, चट्टान आरोहण, समाजसेवा, क्याटवाक लगायत विषयमा प्रशिक्षण दिइनेछ।
- फिनाले सोल्टी होटलमा १२ सेप्टेम्बरमा आयोजना हुनेछ र तीन विजेता छानिनेछन्।
काठमाडौं । ‘मिस्टर नेपाल २०२५’को उपाधिका लागि ३० युवा भिड्ने भएका छन् । आयोजक नेक्स्ट मोडल्सले इटहरी, जनकपुर, हेटौडा, चितवन, भैरहवा, धनगढी, पोखरा, नेपालगञ्ज काठमाडौंमा आयोजना गरिएको डिजिटल अडिसनबाट ती युवा छनोट भएको जनाएको हो ।
छानिएका प्रतियोगीमा कृष्ण कसुधम नेपालगन्ज, इन्द्र ढुंगेल महेन्द्रनगर, रेजो नकुमार गौतम धनगढी, सन्देश गजुरेल नुवाकोट, निशान्त बुढायर कञ्चनपुर, कुशाग्र गुप्ता नेपालगञ्ज, सत्यम पाठक काठमाडौं, निश्चल मानन्धर हेटौंडा, अजय रौनियार दुहबी सुनसरी, विजय स्याङ्तान मकवानपुर, अशिम बस्नेत छन् ।
गिरीश रत्न शाक्य भद्रपुर झापा, प्रणिप श्रेष्ठ काठमाडौं, अजय रिजाल धनगढी, सक्रिय घिसिङ तामाङ काठमाडौं, सन्दीप भारती काठमाडौं, एञ्जल गिरी धरान, आशिष गिरी अमेरिका, अस्टिन शेरचन ललितपुर, दर्पणसिंह गिरी पोखरा, दिनेश गुरुङ स्याङ्जा छन् ।
साथै, हिमाञ्चलराज केसी ललितपुर, निशान कार्की विराटनगर, सबल कटुवाल कटारी, उदयपुर, विशनजंग निरौला इटहरी, सुजल उपाध्याय भैरहवा, प्रकाश चौहान मोरङ, निशान्त केसी सुर्खेत, लक्ष्मणचन्द ठकुरी बैतडी र प्रभात थापा क्षेत्री नेपालगन्जका छन् ।
सबै प्रतियोगी अब फिनालेको लागि प्रशिक्षणमा जुट्ने जनाइएको छ । पौडी, फुटबल, चट्टान आरोहण, समाजसेवा, छोटो पदयात्रा, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षण जुट्नेछन् ।
प्रतियोगितामा मुलुकको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने जनाइएको छ । फिनालेमा मिस्टर वल्र्ड नेपाल, मिस्टर ग्लोबल नेपाल र ‘म्यान अफ द वर्ल्ड नेपाल’ गरेर तीन विजेता छानिनेछ । फिनाले सोल्टी होटलमा १२ सेप्टेम्बरमा आयोजना हुनेछ ।
प्रतिक्रिया 4