+
+
Shares

बागमतीमा कांग्रेसबाट पाँच मन्त्री नियुक्त हुँदै, आजै शपथ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते १३:३१

३० साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज सरकार विस्तारको तयारी गरेका छन् ।

नेपाली कांग्रेस र  नेकपा एमालेको संयुक्त सरकारको १४ सदस्यीय मन्त्रिपरिषद्मा रिक्त पाँच मन्त्री नियुक्तिको तयारी भइरहेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

२० साउनमा नियुक्त भएका मुख्यमन्त्री बानियाँले सोही दिन आफ्नोसँगै एमालेका ६ र कांग्रेसका २ मन्त्री नियुक्त गरेर सपथ गराएका थिए ।

कांग्रेस र एमालेबीच भएको मन्त्रालय भागबण्डाअनुसार कांग्रेसले अब ५ वटा मन्त्रालय लिन बाँकी रहेको हो । जसमा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री नियुक्त हुँदैछन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासहितका शिर्ष नेतृत्वसँग भेट गर्दै मुख्यमन्त्री बानियाँ काठमाडौंबाट हेटौंडा फर्किरहेका छन् ।

बागमती प्रदेशका प्रमुख सचिव भूपाल बरालले केही समय अघि मात्रै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासँग मन्त्री नियुक्ती र सपथको व्यवस्थापनका सम्बन्धमा छलफल गरेको स्रोतले जानकारी दिएको छ ।

बागमतीमा निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षले आफ्ना पक्षका ३ जना सांसद गोविन्द लम्साल, माया श्रेष्ठ, गिता गुरूङलाई मन्त्री नियुक्त गर्नुपर्ने अडान लिँदै आएको छ । तर, बानियाँले नियुक्त गर्न लागेको मन्त्रीहरूको सम्भावित सूचिमा बहादुर पक्षका सांसदको नाम छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?