+
+
Shares

डिजिटलाइजेसनबिना रूपान्तरण सम्भव छैनः मुख्यसचिव अर्याल

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते १७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुख्यसचिव नारायण अर्यालले डिजिटल नेपाल कन्क्लेभ २०२५ मा डिजिटलाइजेसनबिना रूपान्तरण सम्भव नभएको बताएका छन्।
  • अर्यालले पुराना प्रणालीहरू सुधार्न निजी आईटी कम्पनीहरूलाई आमन्त्रण गर्दै नेपालकै सिस्टम सुधार्नुपर्ने बताएका छन्।
  • डिजिटल पूर्वाधार विकास, दक्ष जनशक्ति उत्पादन, डिजिटल साक्षरता र साइबर सुरक्षामा विशेष काम गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

३० साउन, काठमाडौं। मुख्यसचिव एक नारायण अर्यालले डिजिटलाइजेसनबिना रूपान्तरण सम्भव नभएको बताएका छन् । शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५ मा बोल्दै अर्यालले प्रविधिबिना रूपान्तरण सम्भव नभएको बताएका हुन्।

‘डिजिटलाइजेसनबिना रूपान्तरण सम्भव छैन् । सेवा प्रवाह, सुशासन र सामाजिक आर्थिक विकासमा रूपान्तरण गर्न डिजिटलाइजेसन हुनपर्छ,’ उनले भने। कार्यक्रममा बोल्दै अर्यालले डिजिटल पूर्वाधारको विकास र सिस्टमहरूबीच अन्तरआवद्धता हुनुपर्ने जोड दिएका छन् ।

‘कम्प्युटरमा टाइप गरेर डिजिटलाइजेनस हुँदैन। त्यसका लागि प्रणालीहरूबीच अन्तरआवद्धता हुनुपर्छ,’ उनले भने, ‘अहिले निजी क्षेत्रको आफ्नै सिस्टम छन् । सरकार पनि आफ्नै सिस्टममा काम गरिरहेको छ । यी इन्टिग्रेसन नगरेर विकास हुँदैन्।’

सरकारले अबलम्बन गरेका सिस्टहरू पुरानो भइसकेको उनको भनाइ छ। ‘वैदेशिक रोजगार, अध्यागमन, खरिद, फाइनान्सियल म्यानेजमेन्ट, राहदानी, नागरिकताका सिस्टमहरू पूराना भइसकेका छन् । एक हिसाबले ‘डेट एक्सपायर’ भइसकेका छन् तर हामीले चलाइरहेका छौं।’

उनले अगाडि भने, ‘हिजो हामीसँग त्यो क्षमता थिएन । विदेशी कम्पनीको भर परेर जेनतेन बनाएका थियौं । अहिले खोज्दा ती कम्पनी आउँदैनन् । अब त्यो सिस्टमलाई सुधार गर्न तपाईहरू आउनु पर्छ । तपाईहरूलाई आमन्त्रण छ।’

अमेरिकाको, बेलायतको सिस्टम बनाउछु, सुधार गर्छु भनेर के गर्ने ? नेपालको सिस्टम सुधार्नु पर्‍यो नि ? भन्दै नेपालका निजी आईटी कम्पनीहरूलाई अर्यालले प्रश्न गरेका थिए । उनी यत्तिमै रोकिएनन । अर्काको बखान गरेर के गर्नु ? आफ्नो सिस्टम सुधार नगरेर हुँदैन् ? पनि भने।

यसका लागि नीति तथा कानुनमा संशोधन गर्नुपर्ने भए सुझाव दिन आग्रह समेत उनले गरेका थिए। डिजिटल इकोसिस्टम विकासका लागि डिजिटल पूर्वाधारको विकास, दक्ष जनशक्तिको उत्पादन र रिटेन्सन, डिजिटल साक्षरता, अन्तरआवद्धता तथा साइबर सुरक्षामा विशेष काम गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?