+
+
Shares

प्रचण्डको क्यारिकेचर गर्दा धम्की आएपछि विकास : यसलाई व्यंग्यकै रूपमा बुझौं

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते १६:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कमेडियन विकास अर्यालले टिभी शो ‘कमेडी दरबार’मा प्रचण्डको क्यारिकेचर गर्दा अज्ञात व्यक्तिबाट धम्की आएको बताएका छन्।
  • अर्यालले धम्कीपूर्ण फोनमा भिडियोका संवाद हटाउन भनिएको र आफूले कमेडी कार्यक्रम भएकाले यसलाई कमेडीकै रूपमा लिन आग्रह गरेको बताए।
  • उनले सामाजिक सञ्जालमा 'कृपया हास्यव्यंग्यलाई हास्यव्यंग्यकै रूपमा लिनुहोस्' भनी आफ्नो उद्देश्य विवाद होइन, हँसाउनु रहेको लेखेका छन्।

काठमाडौं । टिभी शो ‘कमेडी दरबार’मा आफूले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को क्यारिकेचर गर्दा धम्की आएको कमेडियन विकास अर्यालले बताएका छन् ।

अज्ञात व्यक्तिले फोन गरेर आफूलाई धम्काएको उनले बताए । उक्त शोका लेखक समेत रहेका अर्यालले ‘माग्ने राजा’ फिल्म विशेष एपिसोडमा प्रचण्डको नक्कल गर्दै प्रस्तुति दिएका थिए ।

सोहि प्रस्तुतीका कन्टेन्टलाई लिएर बारबार धम्कीपूर्ण फोन आएको उनले बताए । ‘विभिन्न अपरिचित व्यक्तिबाट फोन आइरहेको छ । परिचय खुलाउनुहुन्न तर भिडिओमा बोलिएका संवाद हटाउनुहोस् भन्नुुहुन्छ’ उनले भने, ‘मैले उहाँहरुलाई यो एक कमेडी कार्यक्रम हो र यसलाई कमेडीकै रुपमा लिनुहोस् भन्दै आग्रह गरिरहेको छु ।’

अर्यालका अनुसार भिडियोको ४३ मिनेटमा बोलिएको ’मलाई सामान्य नठान्नुस् के, म युद्ध मात्र लडेको होइन, चुनाव मात्र लडेको होइन, अस्ति ट्वाइलेटमा पनि लडेको मान्छे हो’ भन्ने कमेडी र ४४ मिनेटमा बोलिएको अर्को सम्वाद जसमा अभिनेत्री बर्षा सिवाकोटी पनि माओवादी जस्तै लाग्छ भन्दा कसरी भन्ने प्रश्नमा ’यस्तो लुक्समा हिँडेपछि १७ हजार कसो नढाल्लिन् र’ भन्ने सम्वादलाई लिएर आपत्ति जनाइएको बताएका छन् ।

कमेडियन अर्यालले हाँस्य ब्यंग्यलाई हास्य-व्यंग्यकै रूपमा लिन आग्रह गरेका छन् । उनले आफ्नो सामाजिक सन्जालमा लेखेका छन्, ’कृपया हास्यव्यंग्यलाई हास्यव्यंग्यकै रूपमा लिनुहोस् । हाम्रो उद्देश्य केही क्षणका लागि भए पनि हँसाउनु हो, विवाद ल्याउनु होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?