
काठमाडौं । लामो समयदेखि आफ्ना विभिन्न ब्रान्डका उत्कृष्ट चाउचाउ उत्पादन मार्फत नेपाली तथा विदेशी बजारका उपभोक्तामाझ सेवा पुर्याउँदै आएको सिद्धि विनायक स्न्याक्स एन्ड नुडल्स प्रालिको उत्पादनमध्ये ‘गज्जबको पिरो’ चाउचाउ एक हो ।
उपभोक्ताबीच अत्यधिक रुचाइएको यो चाउचाउ आज नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा निकै लोकप्रिय बनेको छ । हालसम्म गज्जबको पिरो चाउचाउ प्रतिप्याकेट २० रुपैयाँमा उपलब्ध हुँदै आएको थियो ।
उपभोक्ताको बढ्दो माग ध्यानमा राख्दै कम्पनीले आजदेखि १ सय २० ग्राम तौलको नयाँ तथा ठूलो प्याकेट गज्जबको पिरो चाउचाउ ५० रुपैयाँमा बजारमा उपलब्ध गराएको छ ।
यस नयाँ प्याकेटमा उपभोक्ताले स्वादिष्ट कोरियन किम्ची स्वादका अतिरिक्त आनन्द लिन सक्नेछन् । कम्पनीका अनुसार यो उत्पादन अहिले बजारमा पाइने अन्य चाउचाउभन्दा अझ उत्कृष्ट, परिष्कृत र उपभोक्तामुखी छ ।
प्रतिक्रिया 4