
News Summary
Generated by OK AI. Editorially reviewed.- सलमान खानले होस्ट गर्ने बिग बोस सिजन १९ अगस्ट २४ देखि जियो हटस्टारमा आउनेछ र ९० मिनेटपछि कलर्स टिभीमा प्रसारण हुनेछ।
- शाहरुख खानका छोरा आर्यनको शो 'द ब्याड्स अफ बलिउड' अगस्ट २० मा नेटफ्लिक्समा प्रिभ्यूका लागि रिलिज हुनेछ।
- पिसमेकर सिजन २ अगस्ट २२ मा जियो हटस्टारमा आउनेछ जसमा जोन सिना र अन्य कलाकारहरू सहभागी छन्।
काठमाडौं । यससाता ओटीटीमा केही रोचक फिल्म र सिरिज आउनेछन् । ‘बिग बोस सिजन १९’देखि थलैवन थलवी, माँसम्मका शो र फिल्म आउने तयारीमा छन् । रिलिजलाई लिएर दर्शक उत्साहित छन् ।
बिग बोस सिजन १९
सलमान खानले होस्ट गर्ने चर्चित भारतीय शो ‘बिग बोस’को १९ औं सिजन अगस्ट २४ देखि जियो हटस्टारमा आउनेछ । ‘घरवालोंकी सरकार’ थिममा हुन लागेको नयाँ शो यसपटकदेखि डिजिटल प्लाटफर्ममा पनि आउनेछ । जियो सिनेमा ओटीटीमा आएको ९० मिनेटपछि मात्र यो शो कलर्स टिभीमा आउनेछ ।
द ब्याड्स अफ बलिउड
आधिकारिकरुपमा लन्च हुनुअघि नै शाहरुख खानका छोरा आर्यनको यो शो निकै चर्चामा छ । अगस्ट २० मा रिलिज हुन लागेको यो शोको पहिलो झलल हेर्न प्रशंसक अधैर्य छन् । अगस्ट २० मा प्रिभ्यू नेटफ्ल्क्सिमा रिलिज हुनेछ ।
पिसमेकर सिजन २
जोन सिना पीसमेकरको रूपमा फर्किएका छन् । उनीसँगै ड्यानियल ब्रुक्स, फ्रेड्डी स्ट्रोमा, जेनिफर होल्यान्ड, फ्र्याङ्क ग्रिल्लो, टिम मेडोज, माइकल रुकर र अन्य कलाकारहरू पनि देखिनेछन् । यो भावनात्मक कथा बहुविश्व –मल्टिभर्स)मार्फत नयाँ डीसीयूसँग प्रत्यक्ष रूपमा जोडिएको छ । यो सिजनमा एक्सन, डार्क ह्यूमर र भावनात्मक गहिराइलाई मिसाएको छ । पिसमकेरको दोस्रो सिजन जियो हटस्टारमा अगस्ट २२ मा आउनेछ ।
थलैवन थलवी
यो रोमान्टिक ड्रामाले सुरुमा खराब समीक्षा प्राप्त गरेपनि, कलाकार विजय सेतुपति, नित्या मेनन र योगी बाबुले पाण्डिराजको थलाइवन थलाइवीमा आफ्नो प्रदर्शनको लागि प्रशंसा कमाए । यो फिल्म अमेजन प्राइम भिडियोमा अगस्ट २२ मा आउनेछ ।
सोधा
शोधा एक वकिलले आफ्नी श्रीमतीको बेपत्ता हुनुको रहस्य खोल्ने बारेमा बनेको एक मनमोहक थ्रिलर हो । यो फिल्म जी फाइभमा अगस्ट २२ मा आउनेछ ।
अमर बोस
यो बंगाली अनुभूति दिने ड्रामामा राखी गुलजार र शिबोप्रसाद मुखर्जी मुख्य भूमिकामा छन् । यसले कार्यस्थलको न्यानोपन र पारिवारिक बन्धनलाई हृदयस्पर्शी मोडका साथ उजागर गर्दछ । यो फिल्म अगस्ट २२ मा जी फाइभमा आउनेछ ।
मारिसन
मामननको सफलतापछि, वदिवेलु र फहद फासिल सुधीश शंकरद्वारा निर्देशित तमिल फिल्म मारिसनमा सामेल भएका छन् । यो फिल्म अगस्ट २२ मा नेटफ्ल्क्सिमा आउनेछ ।
बोन एपेटिट म्याजेस्टी
कार्यक्रमको आधिकारिक सारांशमा यस्तो लेखिएको छ, ‘एउटा शेफले आफूलाई राजासँग आमनेसामने पाउँछिन् । उनका आधुनिक सिर्जनाहरूले जिब्राको स्वादमा जित्छन्, तर उनले दरबारका षड्यन्त्रहरू पार गर्दै खाना पकाउने शैलीलाई जित्नुपर्नेछ । यो फिल्म अगस्ट २३ मा आउनेछ ।
प्रतिक्रिया 4