+
+
Shares

पुराना दलले केही गर्न सक्दैनन् भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते १७:१४

२ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरू केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता भाष्य र चुनौतीहरू चिर्दै अझ बढी सशक्त र क्रियाशील हुन आवश्यक रहेको जिकिर गरे ।

‘पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित गर्ने कोशिस भइरहेको छ,’ सभापति देउवाले भने, ‘तर यस्ता भाष्य र चुनौतीहरू चिर्दै अझ बढी शसक्त र क्रियाशिल हुन आवश्यक छ ।’

उनले नेपाली कांग्रेसका सबै भ्रातृ संस्था र संगठनहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र बृहत एकता कायम गर्न निर्देशन पनि दिए ।

‘नेपाली कांग्रेसका सबै भ्रातृ संस्था र संगठनहरुलाई क्रियाशिल र गतिशिल बनाउँदै पार्टीभित्र वृहत एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याइ नेपाली कांग्रेसको स्थिर सरकार निर्माण गर्न तपाईं हामी सबैले अझ बढी समर्पणका साथ काम गर्न आवश्यक छ,’ उनले भने ।

सभापति देउवाले नेपाल विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिले भरिपूर्ण रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?