
काठमाडौं । ‘नाडा अटो शो २०२५’ का अवसरमा स्काइवेल इलेक्ट्रिक गाडीको आधिकारिक वितरक जी मोटर्स प्रालिले ‘युरोप टुर फर फ्यामिली’ नामक योजना सार्वजनिक गरेको छ ।
कम्पनीका कार्यकारी निर्देशक पारशमणि गेलालका अनुसार यो योजना नाडा अटो शो अवधिभरि स्काइवेल गाडी खरिद गर्ने ग्राहकका लागि लक्षित छ ।
नाडा अटो शोमा रहेको स्काइवेलको स्टल नम्बर एच१२ मा गई गाडी बुकिङ गर्ने ग्राहकले सपरिवार युरोप भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् । यसका साथै उनीहरूले युरोपमै स्काइवेल गाडी टेस्ट ड्राइभ गर्ने अनौठो अवसर पनि पाउनेछन् ।
यो योजना अन्तर्गत गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकलाई क्लासिक डायमन्ड न्युरोडद्वारा डिजाइन गरिएको एक थान ‘डाइमन्ड नेकलेस’ उपहार स्वरूप प्रदान गरिने छ । साथै, एक भाग्यशाली ग्राहकले ‘रोलेक्स घडी’ जित्ने मौका पाउनेछन् ।
यसबाहेक पुराना गाडी साटेर नयाँ स्काइवेल खरिद गर्न चाहने ग्राहकका लागि थप आकर्षक बोनसको व्यवस्था पनि गरिएको छ।
कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले न्यूनतम ब्याजदरमा ८० प्रतिशतसम्मको फाइनान्स सुविधा र एक आर्थिक वर्षको कर सुविधा पनि उपलब्ध गराइने जानकारी दिए ।
जी मोटर्सले नेपाली बजारमा युरोपेली मापदण्डका प्रिमियम इलेक्ट्रिक गाडी बिक्री गर्दै आएको छ । स्काइवेलका गाडीहरू जर्मनी, बेलायत, अस्ट्रेलिया, टर्की, इजरायल लगायत विश्वका ६५ भन्दा बढी देशमा लोकप्रिय छन् ।
नेपालको विविध भौगोलिक अवस्थामा उपयुक्त हुने १ सय ५० किलोवाटको उच्च पावर क्षमता यी गाडीका विशेषता हुन् ।
प्रतिक्रिया 4