
२ भदौ, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले पहिलो चरणमा एकसाथ ४२ जिल्लामा लेखा परीक्षण सुरु गरेको छ ।
महालेखा परीक्षकको कार्यालयका अनुसार साउन चौथो सातादेखि हिमाल, पहाड र तराईका ४२ जिल्लामा स्थलगत लेखा परीक्षण सुरु गरिएको छ । गत आर्थिक वर्ष २०८१/८२ र बाँकीबक्यौता समेतको आर्थिक कारोबारको लेखा परीक्षण गर्न लागिएको हो ।
यही बेला वित्तीय र परिपालनाको लेखा परीक्षण पनि गरिने भएको छ । कार्यालयले लेखा परीक्षणमा सघाउ पुग्ने गरी सूचना, जानकारी, विवरण, प्रमाण वा कुनै सिकायत भए उपलब्ध गराउन समेत भनेको छ ।
पहिलो चरणमा ताप्लेजुङदेखि बैतडीसम्मका ४२ जिल्ला, उपत्यका बाहिरका आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको लेखा पीरक्षण गर्न लागिएको छ ।
पहिलो चरणमा लेखापरीक्षक परिचालन भएका अन्य जिल्लामा पाँचथर, संखुवासभा, तेह्रथुम, भोजपुर, सोलुखुम्बु र ओखलढुंगा छन् । यसैगरी सप्तरी, रौतहट, बारा, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ र गोरखा छन् ।
त्यस्तै लमजुङ, मनाङ, मुस्ताङ, स्याङ्जा, म्याग्दी, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, प्यूठान, सल्यान, डोल्पा, जुम्ला र मुगु छन् । साथै, कालीकोट, जाजरकोट, हुम्ला, बाजुरा, बझाङ, अछाम, दार्चुला र बैतडी छन् ।
प्रतिक्रिया 4