+
+
Shares

नेपालको खोप अभियानको सफलता : रुबेला निवारण घोषणा

गर्भपतन, जन्म पूर्व नै शिशुको मृत्यु वा आजीवन अपाङ्गता ल्याउने जन्मजात समस्याहरू सिर्जना गर्छ । तर रुबेला सुरक्षित र सस्तो खोपबाटै पूर्ण रोकथाम गर्न सकिने रोग हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १०:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व स्वास्थ्य संगठनले नेपाललाई रुबेला रोगको जोखिमबाट पूर्ण मुक्त भएको घोषणा गरेको छ।
  • डब्लुएचओका दक्षिण–पूर्वी एशियाका कार्यवाहक प्रमुख डा. क्याथरिना बोएमेले नेपालले गरेको प्रयासको प्रशंसा गरेकी छन्।
  • नेपालले सन् २०१२ देखि रुबेलाविरुद्ध राष्ट्रिय खोप अभियान सञ्चालन गरी सन् २०२४ सम्ममा ९५ प्रतिशतभन्दा बढी बालबालिकामा खोप पुर्‍याएको छ।

३ भदौ, काठमाडौं । बालबालिकाको प्राणघातक रोग रुबेला निवारणमा नेपालले सफलता पाएको छ ।

नेपालले हासिल गरेको यो उल्लेखनीय उपलब्धि खोपबाट बचाउन सकिने रोगहरू विरुद्ध दिइने खोप सेवामा गरिएको निरन्तर एवं दृढ प्रयासबाट सम्भव भएको हो।

विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एशिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालले दादूरा निवारणमा सफलता पाएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई बधाइ ज्ञापन गरेको छ ।

रुबेला अत्यन्त संक्रामक भाइरसले गर्दा हुने रोग हो । यो साना बालबालिकामा हुने मृत्यु र विकलांगताको समेत प्रमुख कारक हो । चिकित्सकका अनुसार, कडा रूपमा देखिने रुबेला कुपोषित बालबालिका र शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बढी हुने गर्छ ।

दादुरा अति छिटो सर्ने संक्रामक रोग हो जुन मिजल्स भाइरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुवेला भाइरस) कै कारणबाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो ।

लामो समयदेखि प्रयास भैरहे पनि बालबालिकाको ज्यानै लिने कारक यस रोगको उन्मूलन हुन सकेको थिएन । केही समययता नेपालले गरेको प्रगतिको मानकलाई आधार मानेर विश्व स्वास्थ्य संगठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको हो ।

संगठनका दक्षिण पूर्वी एसिया कार्यलय प्रमुख डा. क्याथरिना बोएह्मले स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेललाई पठाएको पत्रमा नेपाल र मन्त्री पौडेललाई यो महत्वपूर्ण सार्वजनिक स्वास्थ्य उपलब्धि भन्दै बधाइ ज्ञापन गरिएको छ ।

मन्त्री पौडेलले सामाजिक सञ्जालमा लेख्दै यस कार्यमा सक्रिय सबै स्वस्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालगायत साझेदारहरुलाई धन्यवाद दिएका छन् ।

‘यो ऐतिहासिक उपलब्धि नेपाल सरकारको दृढ इच्छाशक्ति, अहोरात्र खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको अथक परिश्रम, सचेत नागरिक समाजको सक्रिय सहभागिता र हाम्रा विकास साझेदारहरूको निरन्तर सहयोग तथा समन्वयबाट सम्भव भएको हो,’ मन्त्री पौडेलले भनेका छन् ।

मन्त्री पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यस उपलब्धिलाई दिगो बनाउन र भविष्यमा यस्ता रोगहरूबाट हाम्रा नागरिक र विशेषगरी बालबालिकालाई पूर्ण रूपमा सुरक्षित राख्न प्रतिवद्ध रहेको भन्दै यसका लागि हामी निरन्तर खोप सेवाको पहुँच विस्तार, रोग–निगरानी प्रणालीको सुदृढीकरण तथा निवारण पश्चातको कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताए ।

‘यस राष्ट्रिय गौरवको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पु¥याउनुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु,’ उनले भनेका छन् ।

नेपालले सन् २०१२ मा ९ महिना देखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै देशव्यापी अभियानमार्फत रूबेला खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको थियो । सन् २०१६ मा रूबेला खोपको दोश्रो मात्रा पनि राष्ट्रिय खोप तालिकामा थप गरियो ।

सन् २०१५ र २०२३ का भूकम्प र कोभिड–१९ जस्ता स्वास्थ्य आपतकालिन अवस्थाका बीच पनि सन् २०१२, २०१६, २०२० र २०२४ मा देशभर सञ्चालन गरिएका रुबेला खोप अभियानले जीवनरक्षक खोपहरुमा पहुँच बृद्धि गर्नमा महत्वपूर्ण योगदान पु¥याएका थिए । त्यसैगरी, सन् २०२४ सम्ममा, नेपालले रूबेला खोपको पहिलो मात्रा ९५५ भन्दा बढी बालबालिकामा पु¥याउन सफल भएको थियो ।

दक्षिण–पूर्वी एसिया क्षेत्रमा दादुरा र रूबेला निवारणका लागि क्षेत्रीय प्रमाणीकरण आयोगको स्थापना मार्च २०१६ मा भएको हो । यस आयोगले दादुरा र रूबेला निवारण तर्फको प्रगतिको निगरानी गर्दछ ।

दक्षिण–पूर्वी एसिया क्षेत्रका प्रत्येक देशमा राष्ट्रिय प्रमाणीकरण समिति गठन भई सञ्चालनमा रहेका छन् जसले दादुरा र रूबेला निवारणतर्फको प्रगति प्रतिवेदन क्षेत्रीय प्रमाणीकरण आयोग समक्ष पेश गर्छन् ।

ती प्रतिवेदनहरु क्षेत्रीय प्रमाणीकरण आयोगले समीक्षा गरी आवश्यक सुझाव र सिफारिसहरू प्रदान गर्छ वा प्राप्त उपलब्धिलाई प्रमाणित गर्छ ।

सन् २०१३ मा, विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रले सन् २०२० सम्ममा दादुरा निवारण र रूबेला नियन्त्रण गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

सन् २०१९ मा उक्त समयसीमा परिमार्जन गरी सन् २०२३ सम्म दादुरा र रूबेला दुवै निवारण गर्ने लक्ष्य तय गरियो । तर, कोभिड–१९ महामारीका कारण खोप सेवाको कभरेजमा आएको कमीलाई ध्यानमा राख्दै सदस्य राष्ट्रहरूले लक्ष्य प्राप्तिको समयसीमा बढाएर सन् २०२६ सम्ममा दादुरा र रूबेला निवारण गर्ने नयाँ लक्ष्य निर्धारण गरेका हुन् ।

‘एक जनाबाट १८ जनासम्मलाई सर्न सक्छ’

दादुरा र रुबेला रोग सामन्यतयाः ५ वर्षमुनिका बालबालिकामा धेरै हुने र छिट्टै फैलिएर महामारीको जोखिम हुने विज्ञहरु बताउँछन् । दादुरा संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू हुनुका साथै मृत्यु समेत हुनसक्छ ।

दादुरा–रुबेलाका भाइरस मानिसमा मात्रै सर्दछ । यी भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रहेर वृद्धि हुने र श्वास नली एवं अरु भित्री अंगहरुमा संक्रमण गर्छ । रोग लागेको व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा निस्कने छिटाबाट हावाको माध्यमबाट यो रोग सर्छ ।

सामान्य अवस्थामा एक संक्रमितबाट १८ जनासम्म व्यक्तिहरूमा दादुरा–रुबेला सर्न सक्छ । त्यसैगरी यी रोगबाट सामान्यतया १० प्रतिशत बालबालिकाको मृत्यु हुनसक्छ भने आपतकालीन अवस्थामा मृत्युदर ३० प्रतिशतसम्म हुनसक्छ ।

चिकित्सकका अनुसार दादुरा संक्रमणबाट पखाला लाग्ने, कानको संक्रमण हुने, निमोनिया हुने, अन्धोपन हुने, कम्पन आउने, मस्तिष्कमा कडा खालको संक्रमण हुने र यस प्रकारका जटिलताबाट बिरामीको मृत्यु समेत हुनसक्छ ।

रुवेलाको संक्रमणबाट हाडजोर्नीहरू सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण हुने, गर्भपतन हुने वा मृत शिशु जन्मने, अन्धोपना, बहिरोपना, मुटु र मस्तिष्कमा विकृति जस्ता जन्मजात विकलाङ्ग हुने र यस प्रकारका जटिलताको कारण बिरामीको मृत्यु समेत हुन्छ ।

दादुराको सामान्य लक्षण हो– तीव्र ज्वरो आउनु । दादुरा भएकाहरूको सम्पर्कमा आएको १०–१२ दिनपछि ज्वरो सुरु हुन्छ र ४ दिनदेखि एक सातासम्म रहिरहन्छ ।

दादुरा लाग्दा बालबालिकालाई थकान महसुस हुने तथा रुघा–खोकी लाग्ने गर्छ । आँखा राता हुने, मुखभित्र सेतो दाग देखिने पनि हुन सक्छ । केही दिनपछि सामान्यतया अनुहार र घाँटीको माथिल्लो भागमा बिमिरा देखिन्छ । बिमिरा तीन दिनपछि फैलिन्छ र हात–खुट्टामा समेत देखिन थाल्छ र ५–६ दिनपछि आफैँ फोस्रिँदै जान्छ ।

दादुराको संक्रमण धेरै भएको अवस्थामा फोक्सो, कानको बीच भाग र मस्तिष्कमा समेत समस्या देखिन्छ । दादुराको उपचार नभए बिरामीको मृत्यु समेत हुनसक्छ ।

चिकित्सकहरूका अनुसार, दादुरा लागेपछि यसको उपचार छैन । तर, अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्गै राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण अनुसार उपचार गर्नुपर्छ ।

ज्वरो आएमा पारासिटामोल खुवाउने, पखाला लागे पुनर्जलीय झोल दिनुपर्छ । राम्रो पोषण, पर्याप्त तरलपदार्थ सेवन र शरीरमा देखिएको पानीको कमीलाई जीवनजलको माध्यमले उपचार गरिन्छ । दादुराकै विशेष कुनै उपचार नभएकाले रोग लाग्नबाट बच्नको लागि खोप लगाउनु नै प्रभावकारी र उत्तम उपाय भएको चिकित्सक बताउँछन् ।

सरकारले ३५ वर्षदेखि दादुरा र ११ वर्षदेखि रुबेलाको नियमित खोप दिंँदै आइरहेको छ । यो खोपको हालसम्म कुनै पनि व्यक्तिमा गम्भीर असर देखिएको छैन । तर खोप लगाएको केही समयपछि कुनै व्यक्तिमा हल्का ज्वरो आउने, शरीरमा दादुराको जस्तैः विमिराहरू आउने जस्ता असर भने देखिन सक्छ । यस्ता असरहरू केही दिनपछि आफै ठीक हुन्छन् ।

दादुरा–रुबेला खोप लगाउँदा गम्भीर प्रकारको कुनै एलर्जी ९एनाफाइलाक्सिस्० देखिए स्वास्थ्यकर्मीको परामर्श लिनुपर्छ ।

त्यस्तै एड्सका लक्षण देखा परेको, रोग प्रतिरोधात्मक शक्ति कम भएको, सिकिस्त बिरामी भएको, उपचार सुरु नगरेका क्षयरोगको बिरामी र गर्भवतीले भने यो खोप लगाउन नहुने चिकित्सकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?