+
+
Shares

प्याजको भाउ बढ्यो, कतिमा भइरहेछ किनबेच ?

सोमबार सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ४२ रुपैयाँमा किनबेच भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १३:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार स्थानीय बजारमा सुकेको प्याजको भाउ बढेको छ।
  • मंगलबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४२ देखि अधिकतम ४४ रुपैयाँमा किनबेच भइरहेको छ।
  • व्यवसायीहरूले प्याजको मूल्य थोरै मात्रामा मात्र घटबढ हुने बताएका छन्।

३ भदौ, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सुकेको प्याजको भाउ बढेको देखाएको हो ।

कालीमाटी बजारमा मंगलबार सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४२ देखि अधिकतम ४४ रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो सोमबार सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ४२ रुपैयाँमा किनबेच भएको थियो ।

साउन पहिलो साता प्याज प्रतिकिलो ४५ देखि ४८ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै जेठ अन्तिम साता भने सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३६ देखि अधिकतम ३८ रुपैयाँमा किनबेच भएको थियो ।
प्याजको मूल्य थोरै मात्रामा मात्र घटबढ हुने व्यवसायीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?