+
+
Shares

रश्मिका-आयुष्मानको हरर लभस्टोरी ‘थामा’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्याडक फिल्म्सले आयुष्मान खुराना, रश्मिका मन्दाना र नवाजुद्दीन सिद्दीकीको फिल्म ’थामा’ को टिजर रिलिज गरेको छ।
  • फिल्म ’थामा’मा त्रास, रक्तपातपूर्ण प्रेमकथा र राक्षसको उपद्रो देखिनेछ र यो म्याडक फिल्म्सको पहिलो प्रेमकथा हो।
  • ’थामा’ आउँदो तिहारमा रिलिज हुनेछ र यसमा वरुण धवन पनि देखिनेछन् भने आदित्य सरपोतदारले निर्देशन गरेका छन्।

मुम्बई । म्याडक फिल्म्सले आफ्नो प्रतिक्षित फिल्म ’थामा’ को टिजर रिलिज गरेको छ । आयुष्मान खुराना, रश्मिका मन्दाना र नवाजुद्दीन सिद्दीकीको अवतार टिजरमा डरलाग्दो देखिन्छ ।

यसपटक ’थामा’मा, त्राससँगै रक्तपातपूर्ण प्रेमकथा र राक्षसको उपद्रो पनि देख्नेछौं । म्याडक फिल्म्सले अहिलेसम्म ’स्त्री’, ’स्त्री २’, ’भेडिया’ र ’मुंज्या’ जस्ता हरर कमेडीहरू बनाएको छ ।

’थामा’ यस ब्यानरको पहिलो प्रेमकथा हो । निर्माताको दाबी छ कि यो एक डरलाग्दो फिल्मको साथै रक्तपातपूर्ण पनि हुनेछ, जसमा रगत चुस्ने पिशाचजस्ता पात्र पनि हुनेछन् ।

’थामा’को टिजर आयुष्मानको पात्र आलोकको आवाजबाट सुरु हुन्छ । उसले तारका अर्थात् रश्मिकालाई सोध्छ- के तिमी म बिना १०० वर्ष बाँच्न सक्छौ ?

उनी जवाफ दिन्छिन्, ‘एक क्षणको लागि पनि होइन, १०० वर्ष पनि होइन ।’ अनि त्यसपछि रश्मिका देखिन्छिन्, जो पूर्णतया निडर अवतारमा प्रस्तुति छिन् । आयुष्मान पनि देखिन्छन्, जो घाइते छन् ।

अभिनेता नवाजुद्दिन भिलेन भ्याम्पायरको रोलमा छन् । ’थामा’ आउँदो तिहारमा रिलिज हुनेछ । आदित्य सरपोतदारले निर्देशन गरेका हुन् ।

’थामा’को कथा ’स्त्री’ र ’भेडिया’सँग जोडिएको बताइएको छ । यसमा वरुण धवन (भेडिया) पनि देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?