+

महिला लिग छनोट : छहारी युवा क्लबको फराकिलो जित

२०८२ भदौ  ३ गते १६:३९ २०८२ भदौ ३ गते १६:३९
महिला लिग छनोट : छहारी युवा क्लबको फराकिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एन्फा महिला लिग छनोटमा छहारी युवा क्लबले स्टुडेन्ट फुटबल क्लबलाई ६-१ ले पराजित गरेको छ।
  • छहारीका लागि सुमित्रा सिंह पाख्रिनले दुई गोल गरिन् भने अस्मिता चौधरी, ललित मन्डल, सानिमा माया लो र दिपा पुन मगरले एक-एक गोल गरे।
  • छहारीले समूह ए मा लगातार दोस्रो जित हात पारेको छ र ६ अंकसहित शीर्ष स्थानमा छ भने स्टुडेन्ट फुटबल क्लबको यो पहिलो हार हो।

३ भदौ, काठमाडौं । एन्फा महिला लिग छनोटमा छहारी युवा क्लबले स्टुडेन्ट फुटबल क्लबलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा छहारीलाई जित दिलाउन सुमित्रा सिंह पाख्रिनले दुई तथा अस्मिता चौधरी, ललित मन्डल, सानिमा माया लो र दिपा पुन मगरले एक-एक गोल गरे ।

सुमित्राले खेलको १६औं मिनेटमा गोल गर्दै छहारीलाई अग्रता दिलाएकी थिइन् । अस्मिताले ३५औं मिनेटमा अग्रता दोब्बर पारिन् । सुमित्राले ३८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि छहारीले पहिलो हाफमै तीन गोलको अग्रता बनाएको हो ।

ललिताले ५६औं, सानिमाले ७५औं र दिपाले ७७औं मिनेटमा गोल थपे । स्टुडेन्ट फुटबल क्लबका लागि सबिना तामाङले ६७औं मिनेटमा एक गोल फर्काइन् ।

छहारीले समूह ए मा लगातार दोस्रो जित हात पारेको छ र ६ अंक जोडेर शीर्ष स्थानमा छ । छहारीले पहिलो खेलमा एफसी रिएलेलाई ३-० ले पराजित गरेको थियो ।

स्टुडेन्ट फुटबल क्लबको यो पहिलो हार हो । उसको दुई खेलबाट ३ अंक छ । स्टुडेन्ट फुटबल क्लबले पहिलो खेलमा सिन्धुपाल्चोक एफसीलाई ३-१ ले पराजित गरेको थियो ।

एन्फा महिला लिग छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय