+
+
Shares

प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा झडप, एक घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १४:२०

४ भदौ, काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जको हिरासत कक्षमा झडप भएको छ । झडप हुँदा एक जना घाइते समेत भएका छन् ।

मंगलबार दिउँसो ४ बजेतिर झडप भएको हो । महाराजगञ्ज बस्ने एक व्यक्तिले शन्ति सुरक्षा पाउँ भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका थिए ।

प्रशासनबाट प्रहरी परिसर हुँदै प्रहरी वृत्तमा उक्त निवेदन आएपछि दुबै पक्षलाई छलफलमा झिकाउन भन्दै प्रहरीले बोलाएको थियो । जसमध्ये एक पुरुषलाई चितवन जिल्ला अदालतले ४७ लाख ५१ हजार ३५४ रुपैयाँ जरिवाना सुनाएको सूचना प्रहरीले पाएको थियो ।

त्यसपछि ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले हिरासतमा राखेको थियो । ती व्यक्तिले भने हिरासतमा रहेका अन्य थुनुवासँग विवाद गरेपछि झडप भएको प्रहरीले बताएको छ ।

झडपको क्रममा ती पुरुष घाइते समेत भएका थिए । उनलाई उपचारका लागि ग्रिनसिटी अस्पताल लगिएको थियो ।

पछि थप बुझ्ने क्रममा ती व्यक्तिले सजाय भुक्तान गरिसकेको खुलेपछि अहिले परिवारको जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?