+
+
Shares

सेयर बजार २७६७ अंकमा झर्‍यो, घट्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १५:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार सेयर बजारको परिसूचक नेप्से ९.७० अंक घटेर २७६७ अंकमा कायम भएको छ।
  • कारोबार रकम ५ अर्ब ६३ करोडबाट ५ अर्ब २० करोडमा खुम्चिएको छ।
  • विकास हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता ३२१.३० रुपैयाँ पुगेको छ।

४ भदौ, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ९.७० अंक घटेको छ । सो कमीपछि नेप्से २७६७ अंकमा कायम भएको छ ।

कारोबार सुरु भएको ११ : ३९ बजे नेप्से २७८२ अंकसम्म पुगे पनि त्यसपछि सामान्य उतारचढावमै रह्यो । २ बजेपछि भने बजारमा बिक्री चाप बढेसँगै नेप्से पुनः ओरालो लाग्यो।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २० करोडमा खुम्चियो । आज ५९ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने २ को स्थिर रह्यो ।

होटल तथा पर्यटन समूह सबैभन्दा २.०३ प्रतिशत बढ्यो भने व्यापार सबैभन्दा धेरै १.०६ प्रतिशत घट्यो । बाँकी सबै समूहको गिरावट दर १ प्रतिशत मुनि रह्यो ।

बैंकिङ ०.१९, विकास बैंक ०.७६, फाइनान्स ०.५३, हाइड्रोपावर ०.५८, लगानी ०.३९, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.६७, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा ०.५८ र अन्य ०.१० प्रतिशत घटे ।

आजदेखि कारोबारमा आएको विकास हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सो वृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता ३२१.३० रुपैयाँ पुगेको छ ।

त्यस्तै चन्द्रागिरि हिल्सको ७.४२, सगरमाथा जलविद्युत् कम्पनीको ३.८४, विन्ध्यबासिनी हाइड्रोपावरको ३.७४ प्रतिशत मूल्य बढ्यो ।

पन्चकन्या माइ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत घट्यो । त्यस्तै अपर स्याङ्गे हाइड्रोपावरको ४.६, अपर हेवाखोलाको ३.४, युनाइटेड इदी मर्दीको मूल्य ३.०९ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, चन्द्रागिरि हिल्स, युनाइटेड मोदी हाइड्रोपावर र राधि विद्युत् क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?