+
+
Shares

२० वर्षसम्म काम बिना तलब मात्रै दिएको भन्दै कम्पनीविरुद्ध मुद्दा

यति लामो समयसम्म कत्तिपनि काम नगरी तलब मात्र थाप्नुपर्दा आफू मानसिक त्रासदीबाट गुज्रिनुपरेको भन्दै उनले आफूले का मगर्ने कम्पनी विरुद्ध मुद्दा हालेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्रेन्च महिला लरेन्स भ्यान भासेनहोभले २० वर्षसम्म काम नगरी तलब पाएको भन्दै कम्पनीविरुद्ध मुद्दा हालेकी छिन्।
  • उनले कम्पनीले आफूलाई काम नदिएको र कार्यस्थलबाट टाढा राखेको आरोप लगाएकी छिन्।
  • कम्पनीले लरेन्सको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर कामको जिम्मेवारी नदिएको र मानसिक त्रासदीको दाबी अस्वीकार गरेको छ।

काठमाडौं । धेरै जागिरेहरुको इच्छा हुन्छ कि काम कम गर्नुपरोस्, तर तलब मनग्गे पाइयोस्। ऋझ काम नै गर्नु नपरे त झनै गज्जब । कामचोर कर्मचारीका लागि कामै नगरी तलब पकाउन पाउनु खुसीकै कुरा हो । तर कतिपय मानिसलाई भने काम नगरी तलब मात्र खाएर बस्न मनले मान्दो रहेनछ । फ्रान्सकी एक महिलाले भने आफूलाई काम नै नदिईकन २० वर्षसम्म तलब मात्रै दिएको भन्दै कम्पनीविरुद्ध हालेकी छिन् ।

डेलीमेलका अनुसार ५९ वर्षीया फ्रेन्च महिला लरेन्स भ्यान भासेनहोभले पछिल्लो २० वर्षदेखि आफ्नो जागिरमा कुनैपनि काम गर्नु परेको छैन । तर उनले तलब भने नियमित रुपमा पाइरहेकी छिन् । यति लामो समयसम्म कत्तिपनि काम नगरी तलब मात्र थाप्नुपर्दा आफू मानसिक त्रासदीबाट गुज्रिनुपरेको भन्दै उनले आफूले का मगर्ने कम्पनी विरुद्ध मुद्दा हालेकी हुन् ।

कम्पनीले आफूलाई काम नदिएको र सदैव कार्यस्थलबाट टाढै राख्ने कोसिस गरेको जिकिर उनको छ । दुई सन्तानकी आमा रहेकी लरेन्सले सन् १९९३ मा युरोपको प्रसिद्ध अरेन्ज नामक कम्पनीमा काम सुरु गरेकी थिइन्। छारे रोग तथा हेमिप्लेजिया जस्ता रोगबाट ग्रस्त हुँदा उनको सरीरको एक हिस्सा प्यारालाइज्ड भएको थियो । तत् पश्चात् उनले काम गर्न नसक्ने भईन् ।

उनी कम्पनीमा जनसम्पर्क सहायकको रुपमा कार्यरत थिइन् । तर उनको स्वास्थ्य समस्याका कारण उनलाई सेडेन्टरी सेक्रेटेरियलमा उनको सरुवा गरियो । सन् २००२ मा उनले फ्रान्सको कुनै अन्य क्षेत्रमा आफूलाई सरुवा गर्न अनुरोध गरेकी थिइन् । तर उनको स्वास्थ्य समस्याका कारण अन्यत्र सरुवाका लागि उनलाई अयोग्य ठहर गरियो ।

तलब आयो, तर शान्ति आएन

लरेन्सका अनुसार कम्पनीले उनलाई तलब त नियमित रुपमा दिने गथ्र्यो । तर बेला बेलामा उनलाई जागिरबाट निकालिने सूचना पनि दिइन्थ्यो । जसका कारण उनले निकै संघर्ष गर्नुपर्यो । आफूलाई एक बहिस्कृत कर्मचारीको रुपमा व्यवहार गर्ने गरिएको उनले मिडियासँगको कुराकानीमा बताएकी छिन् । जसका कारण उनले मानसिक रुपमा निकै समस्या बेहोरिन् ।

घरमा बसेर काम नगरीकनै पैसा प्राप्त हुनु कुनै विशेष अधिकार नभएको भन्दै उनले तर त्यस्तो परिस्थितिलाई सहनु निकै गाह्रो हुने अनुभव सुनाउँछिन् । फ्रेन्च सञ्चार माध्यम मेडियापार्टसँग कुराकानी गर्दै उनले कम्पनीमा आफ्नो अस्वित्व नै स्वीकार नगरिएको बताएकी छिन् ।

उता अरेन्ज कम्पनीले भने मानसिक त्रासदीमा पारेर पीडा दिएको भन्ने लरेन्सको दाबी अस्वीकार गरेको छ । कम्पनीका अनुसार लरेन्सको व्यक्तिगत तथा सामाजिक अवस्थालाई ध्यान दिएर उनलाई कार्य जिम्मेवारीको बोझ नथोपरिएको जिकिर गरेको छ ।

लरेन्सलाई नयाँ जिम्मेवारी साथ काममा फिर्ता ल्याउने प्रयास एकपटक गरिएको भएपनि उनी लगातार बिरामी विदामा बस्ने गरेपछि त्यो सम्भव नभएको कम्पनीको भनाई छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?