
News Summary
Generated by OK AI. Editorially reviewed.- कलाकार जिग्मे तामाङ मुगुमको 'कार्मापा ग्युपा: द सेक्रेड लाइन अफ द ब्ल्याक ह्याट' नामक कला प्रदर्शनी भदौ ६ देखि कार्तिक २ गतेसम्म दरबारमार्गस्थित १०८ ग्यालरीमा हुने भएको छ।
- प्रदर्शनीमा कलाकारले पछिल्ला पाँच वर्षमा तयार गरेका थाङ्का चित्रकलाहरू राखिनेछन् जसमा कार्मापा वंश र गुरुहरूको जीवनयात्रा चित्रण गरिएको छ।
- प्रदर्शनीस्थलमा ध्यान कक्ष र कार्मापा वंश सम्बन्धी अडियो/भिजुअल सामग्री पनि राखिएको छ र यो श्रृंखला कर्मा काग्यु परम्पराबाट प्रेरित छ।
५ भदौ, काठमाडौं । कलाकार जिग्मे तामाङ मुगुमको ‘कार्मापा ग्युपा: द सेक्रेड लाइन अफ द ब्ल्याक ह्याट’ नामक कला प्रदर्शनी हुने भएको छ । भदौ ६ शुक्रबारदेखि कार्तिक २ गतेसम्म दरबारमार्गमा अवस्थित १०८ ग्यालरीमा कला प्रदर्शनी हुने भएको हो।
ग्यालरीका अनुसार यो प्रदर्शनीमा कलाकार तामाङले पछिल्ला पाँच वर्षसम्ममा तयार गरेका थाङ्का चित्रकलाहरू राखिने छन् । जसमा कार्मापा वंश र तिनका गुरुहरूको जीवनयात्रा चित्रण भएका थाङ्काहरू हेर्न सकिने बताइएको छ ।
यसका साथै प्रदर्शनीस्थलमा ध्यान कक्ष र कार्मापा वंश सम्बन्धी अडियो/भिजुअल सामग्री पनि राखिएको छ ।
कलाकार जिग्मे तामाङ मुगुका बासिन्दा हुन् । उनले १९८७ देखि १९९२ सम्म लामा उर्गेनसँग थाङ्का चित्रकलाको अध्ययन गरेका थिए । उनको कार्मापा ग्युपा श्रृंखला कर्मा काग्यु परम्पराबाट प्रेरित रहेको छ, जुन हिमालयको सबैभन्दा पुरानो पुनर्जन्म परम्परा मानिन्छ ।
यो शैली ८औँ कार्मापा मिक्यो दोर्जेले सुरु गरेको ‘कार्मा गद्री’ परम्परामा आधारित छ । उनले यो प्रदर्शनी कार्मापा वंशलाई श्रद्धाञ्जलीस्वरूप आयोजना गर्न लागिएको पनि बताए ।
प्रतिक्रिया 4