
काठमाडौं । इम्बार्क कलेजले अन्तर्राष्ट्रियस्तरमा अर्को ठूलो सफलता हात पारेको छ । अगस्ट १९–२० २०२५ मा भारत नयाँदिल्लीस्थित इरोस होटलमा आयोजित ‘इलेट्स वर्ल्ड एजुकेसन समिट २०२५’ मा इम्बार्कलाई ‘इमर्जिङ बी–स्कुल’ उपाधिबाट सम्मान गरिएको हो ।
इम्बार्क कलेजले व्यावसायिक शिक्षा क्षेत्रमा पुर्याएको योगदान, नवीन शैक्षिक दृष्टिकोण र छोटो अवधिमा प्राप्त उल्लेखनीय प्रगतिको उच्च मूल्यांकन उक्त सम्मानले गरेको कलेजले जनाएको छ ।
‘यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित हुन पाउँदा हामी अत्यन्त गौरवान्वित छौं,’ इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुरले भने, ‘यो सम्मानले व्यावसायिक शिक्षा क्षेत्रमा हाम्रो दृष्टिकोण, प्रतिबद्धता र नवाचारको प्रमाण प्रस्तुत गर्दछ ।हामी विद्यार्थीलाई विश्वस्तरको शिक्षा प्रदान गर्दै जिम्मेवार व्यावसायिक नेतृत्व विकास गर्न प्रतिबद्ध छौं ।’
इम्बार्क कलेज : नवीन शिक्षा र व्यावसायिक अभ्यासको संगम
‘इम्बार्क कलेजले कठोर शैक्षिक मापदण्ड र व्यावहारिक औद्योगिक अनुभव समेट्दै व्यावसायिक शिक्षामा नयाँ उचाइ हासिल गरेको छ ।कलेजको पाठ्यक्रमले नवीनतम सोच, नैतिक नेतृत्व र विश्वव्यापी व्यावसायिक क्षमता विकासमा विशेष ध्यान केन्द्रित गरेको छ ।
यस सम्मानले कलेजलाई थप प्रेरित गर्दै शैक्षिक कार्यक्रमलाई विस्तार गर्न, अग्रणी उद्योगहरूसँग सहकार्य बढाउन र विद्यार्थीलाई अझ सशक्त बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
इलेट्स वर्ल्ड एजुकेसन समिट : शैक्षिकउत्कृष्टताको अन्तर्राष्ट्रिय मञ्च
वर्ल्ड एजुकेसन समित एक वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन हो, जसले शिक्षा क्षेत्रका नीतिनिर्माता, शैक्षिक नेता तथा उद्योग विशेषज्ञहरूलाई एउटै मञ्चमा ल्याएर शिक्षासम्बन्धी समसामयिक विषयमा छलफल गर्छ । यस सम्मेलनले शैक्षिक उत्कृष्टतामा योगदान पुर्याउने संस्थाहरूलाई विभिन्न श्रेणीमा सम्मानित गर्ने गर्दछ ।
इम्बार्क कलेज, रोहेम्प्टन विश्वविद्यालयसगँ शैक्षिक साझेदारीका साथ ललितपुरमा अवस्थित एक व्यवसायिक शिक्षण संस्था हो, जसले जिम्मेवार र सशक्त व्यावसायिक नेतृत्व उत्पादन गर्ने उद्देश्य राखेको छ । नवीन पाठ्यक्रम, अनुभवी प्राध्यापक, र उद्योगसँगको बलियो सहकार्यका माध्यमबाट कलेजले विद्यार्थीहरूलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने शिक्षा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4