+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दिपल एस०७ आईसीएमा ‘एमएडब्लू–ग्यारेन्टिड बाई ब्याक’ योजना

यस योजना अन्तर्गत दिपल एस०७ खरिद गर्नेले आफ्नो ईभी बेच्न चाहे किनेको दोस्रो वर्षदेखि पाँचौं वर्षसम्म एमएडब्लूबाट ‘ग्यारेन्टिड बाई ब्याक भ्यालु’ पाउने छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १४:३३

५ भदौ, काठमाडौं । ‘नाडा अटो शो २०२५’ का अवसरमा एमएडब्लू वृद्धिले नेपालकै ‘नेक्स्ट लेभल कनेक्टिभिटी’ सहितको ‘बेस्ट लुकिङ’ ईभी ‘दिपल एस०७ आईसीए’ का लागि ‘एमएडब्लू–ग्यारेन्टिड बाई ब्याक’ योजना घोषणा गरेको छ ।

नेपालको नम्बर १ लक्जरी ईभीको स्थान मजबुत बनाउँदै एमएडब्लू वृद्धिले दिपल एस०७ मा यो ऐतिहासिक ग्राहक योजना ल्याएको हो । योसँगै ग्राहकले ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ योजना पनि पाउने छन् ।

यस योजना अन्तर्गत दिपल एस०७ खरिद गर्नेले आफ्नो ईभी बेच्न चाहे किनेको दोस्रो वर्षदेखि पाँचौं वर्षसम्म एमएडब्लूबाट ‘ग्यारेन्टिड बाई ब्याक भ्यालु’ पाउने छन् । यसबाट दिपल एस०७ खरिद गर्ने ग्राहकको ‘कन्फिडेन्स’ बढ्नुका साथै ‘ब्याट्री लाइफ’ र ‘रिसेल भ्यालु’ को चिन्ताबाट मुक्त गर्ने अपेक्षा एमएडब्लूले गरेको छ । दोस्रोदेखि पाँच वर्षसम्ममा दिपल एस०७ छाडेर एमएडब्लू वृद्धिको ‘पोर्टफोलियो’ मा भएका कार खरिद गर्न चाहे ‘ग्यारेन्टिड रिसेल भ्यालु’ दिइने छ ।

यो योजनासँगै ग्राहकले ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ अर्थात् दिपल एस०७ चढ्दा पाँच वर्षसम्म कुनै खर्च नलाग्ने योजनाको उपभोग गर्न पाउने छन् । यो योजना अन्तर्गत ग्राहकले पाँच वर्षसम्म निःशुल्क ‘अटोप्लस इन्स्योरेन्स’, निःशुल्क ‘पेरियोडिक मेन्टेनेन्स’, निःशुल्क चार्जिङमा लाग्ने शुल्क र निःशुल्क ‘रोड ट्याक्स’ लगायत सुविधा पाउने छन् ।

‘हाम्रो उद्देश्य ग्राहकलाई पूर्ण शान्ति दिनु, ईभी किन्ने आत्मविश्वास बढाउनु र एस०७ आईसीएप्रति विश्वास बढाउनु हो । लक्जरी, स्टाइल र इनोभेसनले भरिएको ईभीको स्वामित्वलाई सहज बनाउनु हो,’ एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने ।

‘बाई ब्याक ग्यारेन्टी’ र ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ जस्ता दुई योजनाले लक्जरी ईभी सेग्मेन्टमा दिपल एस०७ आईसीको नेतृत्वलाई अझ बलियो बनाउने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?