+
+
Shares

लिपुलेकबाट नेपाल पछाडि हटेको छैन : प्रवक्ता गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १२:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक नेपालकै भूमि भएको र नेपाल सरकारले यसबाट पछि नहटेको बताए।
  • गुरुङले लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको स्वामित्वमा रहेको तथ्य प्रमाण रहेको र यस विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने बताए।
  • भारत र चीनले नेपालको भूमि लिपुलेकपासबाट व्यापार पुन: सुरु गर्ने सहमति गरेपछि फेरि एक पटक विवाद सतहमा आएको भन्दै उनले यस विषयमा परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट जारी गरे राम्रो हुने बताए ।

६ भदौ, पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक नेपालकै भूमि भएको बताएका छन् । लिपुलेकबाट नेपाल सरकार पछाडि नहटेको उनले बताए ।

पोखरामा प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले नेपालको भूमि भारतले उपयोग पनि गर्दै आएको बताए । यस विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने पनि प्रवक्ता गुरुङले बताए ।

लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको स्वामित्वमा रहेको ठाउँ भएको तथ्य प्रमाण रहेको बताउँदै उनले भने, ‘दुई देशको व्यापारको नाउँमा करिडोर, सडक बनाउन पाउँदैन । यो विषय दुई देशको डिप्लोमेटिक चरणमा पुग्यो । अब डिप्लोमेटिक डायलगको माध्यमबाट समस्या समाधान गर्ने हो । लडाइँ लडेर प्राप्त गर्ने कुरा त हामीले कल्पनै गरेका छैनौं ।’

नेपालको निषेधित क्षेत्रभित्र व्यापारका लागि करिडोर बनाउने कुरा नेपालको चासोको विषय भएको उनले बताए ।

भारत र चीनले नेपालको भूमि लिपुलेकपासबाट व्यापार पुन: सुरु गर्ने सहमति गरेपछि फेरि एक पटक विवाद सतहमा आएको भन्दै उनले यस विषयमा परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट जारी गरे राम्रो हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?