+
+
Shares

आन्दोलन घोषणा गरेको शिक्षक महासंघको माग के हो ?

 २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्‍बाट पारित भएका ९ बुँदा समेत अझै कार्यान्वयन नभएको महासंघले जनाएको छ । ९ बुँदा कार्यान्वयन गर्न महासंघले माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १४:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै पहिलो चरणको आन्दोलन घोषणा गरेको छ।
  • महासंघले प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउने छ।
  • महासंघले २०७५, २०७८, २०८० र २०८१–०८२ सालमा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न र ९ बुँदा कार्यान्वयन गर्न माग गरेको छ।

६ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षक महासंघले शुक्रबार पहिलो चरणको आन्दोलन घोषणा गरेको छ ।

आन्दोलनको  पहिलो चरणमा  महासंघले प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउने छ ।

धर्नासहतिको कार्यक्रम घोषणा गरेको महासंघले दोस्रो चरणमा अवरोधात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यकम ल्याउने महासंघ महासचिव तुलाबहादुर थापाले बताए ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट विगतमा भएको सहमति अनुसार विधेयक सच्याउन महासंघले माग गरेको छ । के–के हो माग  ? २०७५, २०७८,२०८० र २०८१–०८२ सालमा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न महासंघले माग गरेको छ ।

 २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्‍बाट पारित भएका ९ बुँदा समेत अझै कार्यान्वयन नभएको महासंघले जनाएको छ । ९ बुँदा कार्यान्वयन गर्न महासंघले माग गरेको छ ।

संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पारित गरेको विद्यालय शिक्षा विधेयक सहमति अनुसार नभएको महासंघको ठहर छ ।

अस्थायी प्रकृक्तिका शिक्षकको पदपूर्ति आन्तरिक प्रतिस्पर्धा ७५ प्रतिशत र खुला २५ प्रतिशत हुनुपर्ने माग महासंघको छ । विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला हुने राखिइको छ ।

विधेयकमा स्थायी शिक्षकको आवधिक बढुवाको प्रबन्ध समावेश नभएको,  अस्थायी अवधिको गणना नभएको महासंघले जनाएको छ । म्याद सकिएका अध्यापन अनुमती पत्रको म्याद थप्ने कुरा नसमेटिएको र शिक्षकको विभागीय कार्बाहीको व्यवस्था सहमती अनुसार नभएको महासचिव थापाले बताए ।

विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको र  बालकक्षा शिक्षकको पद र सेवा सुविधा निश्चित नभएको निष्कर्ष महासंघको छ ।

संस्थागत विद्यालयका शिक्षकको सेवा र अव्यवहारिक सरुवा प्रणालीको व्यवस्था ल्याइएको महासंघको भनाइछ । शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने विधेयकको प्रवन्धमा महासंघले विरोध जनाएको छ ।

‘शिक्षकलाई राष्ट्रिय क्याडरबाट स्थानीय क्याडरमा रुपान्तरण गर्ने षडयन्त्र हो,’ महासचिव थापाले भने । स्वीकृत दरवन्दीमा कार्यरत अस्थायी करार शिक्षकका लागि आन्तरिक प्रतिस्पर्धाको व्यवस्था नगरिएकोमा महासंघले आपत्ति जनाएको छ । ‘सिकाइ अनुदान शिक्षकको कोटा दरबन्दीमा रुपान्तर भएको छैन ।

प्रधानाध्यापकको ट्रेड यूनियन अधिकारमा हमला गरिएको छ,’ थापाले भने । सोझै प्राथमिक द्वितीय र निम्नमाध्यमिक द्वितीय नियुक्त नएका शिक्षकको पद क्रमशः निम्न माध्यमिक र माध्यमिक तहमा समायोजनको व्यवस्था नभएको महासंघले जनाएको छ ।

पुनर्बहाली भएका द्वन्द पीडित शिक्षकले सेवाबाट बाहिरिन चाहेमा बीचको अवधि गणना गरी उपदान वा निवृत्तीभरण दिनसक्ने व्यवस्था नभएको थापाले बताए ।

 शिक्षण काउन्सिलको व्यवस्था र राष्ट्रिय परीक्षा बोर्डमा महासङ्घको प्रतिनिधित्व नराखिएकोमा महासंघले असन्तुष्टि जनाएको छ ।

सम्बोधन हुन छुटेका सबै विषय सहमति अनुसार प्रतिवेदनमा समावेश गर्न र प्रतिनिधि सभामा पेश गर्न नेपाल शिक्षक महासँगले सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?