+
+
Shares

नेपालको चुच्चे नक्सा सहितको कुटनीतिक नोट भारत र चीनलाई पठाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादीले नेपालको चुच्चे नक्सा सहितको कुटनीतिक नोट भारत र चीनलाई पठाउन आग्रह गरेको छ।
  • सांसद वेदुराम भुसालले राष्ट्रियसभाको बैठकमा नेपालका प्रशासनिक नक्सा भारत, चीन र संयुक्त राष्ट्रसंघमा उठाउन माग गरेका छन्।
  • भुसालले लिपुलेकलाई व्यापारिक नाका बनाउने चीन–भारत सहमति विरोध गर्दै यस्तो आग्रह गरेका हुन्।

६ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेपालको चुच्चे नक्सा सहितको कुटनीतिक नोट भारत र चीनलाई पठाउन आग्रह गरेको छ ।

शुक्रबार राष्ट्रियसभाको बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबट बोल्दै एकीकृत समाजवादीका सांसद वेदुराम भुसालले यस्तो आग्रह गरेका हुन् ।

नेपालको प्रशासनिक नक्सा भारत र चीनका साथै संयुक्त राष्ट्रसंघमा उठाउन उनको माग छ । लिपुलेकलाई व्यापारिक नाका बनाउने गरी चीन–भारत सहमति भएको विरोध गर्दै सांसद भुसालले यस्तो आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?